आइतबार, मंसिर २५, २०७९
काठमाडौं । राजनीतिक दलहरुले समानुपातिकतर्फ प्रतिनिधिसभा र प्रदेशसभा सदस्यकालागि बन्द सूचीमा आधारित भएर नाम सिफारिस गरेका छन् ।
प्रतिनिधिसभाका लागि ११० जना र प्रदेशसभाका लागि २२० जनाको नाम सिफारिस भएको छ ।
अब निर्वाचन आयोगले ती नामहरु बन्द सूचीका आधारमा परीक्षण गरी निर्वाचित भएको घोषणा गर्न...
शनिबार, मंसिर २४, २०७९
काठमाडौं । नेकपा एमालेले प्रदेश समानुपातिकतर्फको सांसद चयन गरेको छ।
शनिबार पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले सबै प्रदेशसभातर्फको समानुपातिकतर्फको सांसद छानेको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले बताए।
उनका अनुसार प्रदेश १ मा १५, मधेश प्रदेशमा ८, बागमतीमा १४, गण्डकीमा १०, ल...
शनिबार, मंसिर २४, २०७९
काठमाडौं । नेकपा एमालेले प्रतिनिधि सभातर्फको समानुपातिकका लागि ३४ जनाको नाम टुंगो लगाएको छ । आज बसेको एमालेको सचिवालय बैठकले ३४ जनाको नाम टुंगो लगाएको हो ।
बैठकपछि पत्रकारहरूलाई निर्णय बारे जानकारी दिँदै एमालेका सचिव पृथ्वी सुब्बा गुरुङले निर्वाचन आयोगलाई पहिला नै बुझाएको सूचीमा कुनै पनि हेरफ...
बुधबार, मंसिर २१, २०७९
काठमाडौं । प्रतिनिधिसभा सदस्यको निर्वाचनको मतगणना सकिएको छ । यससँगै प्रतिनिधिसभामा १२ राजनीतिक दलको प्रतिनिधित्व हुने निश्चित भएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी पहिलो पटक संसद् प्रवेश गर्दै छन्। स्वतन्त्र रूपमा निर्वाचित प्रतिनिधिसभा सदस्य पाँच जना छन्। ...
सोमबार, मंसिर १९, २०७९
काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको सम्पूर्ण नतिजा सार्वजनिक भएको छ । यही मङ्सिर ४ गते देशभर एकै चरणमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन सम्पन्न भएको थियो । निर्वाचन आयोगको विवरणअनुसार प्रतिनिधिसभाको प्रत्यक्षतर्फको एक सय ६५ सिटमध्ये नेपाली कांग्रेस ५७ स्था...
शनिबार, मंसिर १७, २०७९
स्याङ्जा । स्याङ्जा निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङ निर्वाचित भएका छन्।
उनले नेकपा एमालेकी केन्द्रीय सचिव पद्मा अर्याललाई पराजित गर्दै निर्वाचित भएका हुन्। उनले ५ हजार ६ सय २७ मतान्तरले एमाले सचिव अर्याललाई पराजित गरेका हुन् । गु...
सोमबार, मंसिर १२, २०७९
काठमाडौं । मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको परिणाम अन्तिम चरणमा पुगेको छ ।
अहिलेसम्मको नतिजाअनुसार प्रत्यक्षतर्फ नेपाली कांग्रेसले सबैभन्दा बढी सिट जितेको छ । उसले ५३ सिट जितिसकेको छ भने एमालेले ४२ र माआवादी केन्द्रले १७ सिट जितेको छ । त्यस्तै एकीकृत समाजवादीले १०, ...
सोमबार, मंसिर १२, २०७९
काठमाडौं । मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको नतिजा धमाधम आइरहेका बेला प्रतिनिधिसभा प्रत्यक्षतर्फ विभिन्न दल र स्वतन्त्रका २३५ महिलाले उम्मेदवारी दिएकोमा पछिल्लो मतपरिणामअनुसार ८ महिलाले विजय हासिल गरिसकेका छन्।
जसमा नेपाली कांग्रेसबाट एकजना सीता गुरुङ (तेह्रथुम), नेकपा एमालेबाट...
आइतबार, मंसिर ११, २०७९
काठमाडौं । १६५ प्रतिनिधिसभा सदस्यमध्ये हालसम्म १५५ स्थानको अन्तिम परिणाम सार्वजनिक भएको छ।
नेपाली कांग्रेसले सबभन्दा बढी ५२ स्थानमा जित निकालेको छ भने नेकपा एमालेले ४१ स्थानमा जित हात पारेको छ।
माओवादी केन्द्रले १७ स्थान र नेकपा एकीकृत समाजवादीले १० स्थान जितेको छ।
राष्ट्रिय स्वतन्त्र प...
आइतबार, मंसिर ११, २०७९
काठमाडौं । मंसिर ४ गते भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको अन्तिम मतपरिणाम आउनेक्रम अझै जारी छ। आइतबार बिहान ७ बजेसम्म १६५ क्षेत्रमध्ये १५५ क्षेत्रको अन्तिम परिणाम सार्वजनिक भइसकेको छ।
जसमा नेपाली कांग्रेसले सबैभन्दा बढी ५२ स्थानमा जित निकालेको छ भने नेकपा एमालेले ४१ स्थानमा जित हात पा...
बुधबार, मंसिर ०७, २०७९
तेह्रथुम । तेह्रथुममा प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी छ ।
पछिल्लो परिणामअनुसार नेपाली कांग्रेसकी सीता गुरुङले अग्रता लिएकी छिन्। छथर गाउँपालिकाको मतगणना हुँदासम्म नेकपा एमालेका विजय सुब्बाले अग्रता लिएका थिए । लालीगुराँस नगरपालिकाको गणना सुरु भएपछि कांग्रेसकी गुरुङले अ...
आइतबार, मंसिर ०४, २०७९
काठमाडौं । प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य चुन्नका लागि आइतबार देशभर मतदान हुँदैछ । सरकार र निर्वाचन आयोगले ढुक्क भएर मतदान गर्न आव्हान गरेका छन् ।
निर्वाचन आयोगले देशभर १० हजार ८९२ ठाउँमा २२ हजार २२७ केन्द्र तोकेको छ । सम्बन्धित ठाउँका मतदाताले आइतबार बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म नज...
आइतबार, मंसिर ०४, २०७९
काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मङ्सिर ४ गते हुने निर्वाचनमा डडेलधुरा गन्यापधुरा गाउँपालिका–१, रुवाखोलास्थित असिग्राम मावि मतदान केन्द्रमा मतदान गर्दै छन। यसका लागि देउवा केही दिनदेखि डडेलधुरामा छन। प्रधानमन्त्री देउवाले बिहान ९ बजे मतदान गर्ने जनाइएको छ।
...
आइतबार, मंसिर ०४, २०७९
काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा निर्वाचन आयोगबाट जारी मतदाता परिचयपत्रको विकल्पमा अन्य पाँच प्रकारका सरकारी परिचयपत्रको सक्कलका आधारमा मतदान गर्न सकिने व्यवस्था गरिएको छ।
मतदानका लागि आयोगबाट जारी मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, जग्गाध...
आइतबार, मंसिर ०४, २०७९
काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मङ्सिर ४ गते आइतबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा भाग लिई आफ्नो मताधिकार प्रयोग गर्न मतदातालाई आह्वान गरेका छन्।
आयोगमा शनिबार आयोजित पत्रकार सम्मेलनमार्फत उनले संविधानले प्रत्याभूत गरेको जनताको...
आइतबार, मंसिर ०४, २०७९
काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि यसपटक निर्वाचन आयोगले देशभर दुई लाख ४६ हजार नौ सय ६० कर्मचारी खटाएको छ।
आयोगका अनुसार देशभरका २२ हजार दुई सय २७ मतदान केन्द्र, एक सय ४१ अस्थायी मतदान केन्द्र र १० हजार आठ सय ९२ मतदानस्थलमा मतदान अधिकृत, सहायक मतदान अधिकृत र सहायक कर्मचारीलग...
बिहिबार, मंसिर ०१, २०७९
काठमाडौं ।आम निर्वाचन आइपुग्न तीन दिन मात्र बाँकी छ। मौन अवधि सुरु हुन थोरै मात्र समय बाँकी रहँदा देशैभरिका उम्मेदवारहरू चुनावी प्रचारलाई अन्तिम रूप दिन दौडधुपमा छन्। ललितपुर जिल्लाका तीनवटा क्षेत्रका उम्मेदवारहरू पनि अन्तिम समयमा मतदाता भेट्ने चटारोमा छन् ।
ललितपुर जिल्लाभरिमा दलका ३८ र स्वत...
बिहिबार, मंसिर ०१, २०७९
काठमाडौं । पाँचथरमा विकासको नेतृत्व गर्ने हुटहुटी रहेको भन्दै सत्ता गठबन्धनको साझा उम्मेदवार बनेका कांग्रेस सहमहामन्त्री भीष्मराज आङ्देम्बेले शानदार रूपमा चुनाव जित्ने दाबी गरेका छन् ।
चुनावी अभियानमार्फत् फेरि जनतामाझ पुग्दा जिल्लाको हरेक ठाउँमा जनसमर्थन देखिएपछि उत्साहित हुँदै उनले चुनाव जि...
बुधबार, कार्तिक ३०, २०७९
काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको दिन काठमाडौंमा सवारी साधन चलाउन रोक लगाएको छ।
काठमाडौं जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै बिहान ४ बजेदेखि साँझ ७ बजेसम्म गाडी चलाउन रोक लगाएको हो।
त्यसबीचको समयमा अतिआवश्यक सेवा र अनुमति प्राप्त सवारी साधनमात्रै चलाउन ...
मंगलबार, कार्तिक २९, २०७९
काठमाडौं । ०७४ मंसिरमा काठमाडौं–१ को प्रतिनिधिसभातर्फको मतगणना हुँदै गर्दा सनसनी मच्चिएको थियो । कारण, त्यहाँ ०६४ देखि लगातार जित्दै आएका कांग्रेस उम्मेदवार प्रकाशमान सिंहलाई तत्कालीन विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले टक्कर दिइरहेका थिए ।
राजनीतिक दलप्रति जनताको वितृष्णा बढिरहेक...
सोमबार, कार्तिक २८, २०७९
तेह्रथुम । तेह्रथुम प्रदेशसभा क्षेत्र-१ बाट प्रदेशसभा सदस्यकालागि नेपाली कांग्रेसका उम्मेदवार सन्तोष सुब्बाले चुनाव जितेपछि जनताको पीडा र योजनाको भारी बोकेर हिड्ने प्रतिवद्धता जनाएका छन् ।
मतदानको मिति नजिकिँदा मतदाताको घरदैलोमा पुगेर मत मागिरहेका सुब्बाले मतदाताले विश्वासको मत दिए त्यसलाई खे...
सोमबार, कार्तिक २८, २०७९
विराटनगर । मोरङ-३ को निर्वाचनमा देशभरको ध्यानाकर्षण भएको छ । नेकपा एमाले र नेपाली काँग्रेसका ‘ह्याबि वेट’ उम्मेदवारहरूको माझामा रेखा थापाको इन्ट्रली यस क्षेत्रको माहौल झनै चाखलाग्दो भएको हो । विगतका निर्वाचनको परिणामलाई हेर्ने हो भने यो क्षेत्र कम्युनिस्टको लाल किल्ला हो भन्दा फरक पर्दैन तर गत स...
सोमबार, कार्तिक २८, २०७९
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले मंसिर ४ को चुनावपछि कोसँग गठबन्धन गर्ने भन्नेबारे चिन्ता लिनुपर्ने अवस्था नरहेको बताएका छन् ।
सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै प्रवक्ता महतले चुनावपछि अहिलेकै गठबन्धनको दुईतिहाइ वहुमतको सरकार बन्ने दाबी गरे ।...
सोमबार, कार्तिक २८, २०७९
धनुषा । मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचन अन्तर्गत धनुषा ४ मा २०७४ का उम्मेदवारबीच नै त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ।
निर्वाचनमा २०७४ का मुख्य प्रतिस्पर्धी नेपाली काङ्ग्रेस, नेकपा एमाले र जनता समाजवादी (जसपा) का उम्मेदवार बिच नै मुख्य प्रतिस्र्पधा हुने देखिएको छ। अहिले...
बुधबार, कार्तिक २३, २०७९
तेह्रथुम । तेह्रथुम प्रदेशसभा निर्वाचन क्षेत्र–१ मा जनता समाजवादी पार्टीले नेपाली कांग्रेसका उम्मदेवार सन्तोष सुब्बालाई समर्थन गरेको छ ।
केन्द्रमा सत्ता गठबन्धनबाट बाहिरिएको जसपाले नेकपा एमालेसँग तालमेल गरेको छ । तर, तेह्रथुममा भने एमाले र जसपाबीच समेत तालमेल छैन । प्रदेशसभा–१ मा जसपाबाट सुर्...
बुधबार, कार्तिक २३, २०७९
काठमाडौं । सत्ता गठबन्धनमा रहेका दलले देशभरि गठबन्धन गरेर उम्मेदवारी दिएका छन् । तर काठमाडौं-१० मा भने नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच गठबन्धन बनेको छैन । यहाँ कांग्रेस र माओवादीले आ-आफ्नै उम्मेदवार खडा गरेका छन् ।
नेकपा माओवादी केन्द्रले स्थायी कमिटी सदस्य एवम् निवर्तमान सांसद अन्...
मंगलबार, कार्तिक २२, २०७९
पाँचथर । नेकपा एमालेका उम्मेदवार तथा पूर्वमन्त्री वसन्तकुमार नेम्बाङले चुनावसम्बन्धी एक भिडियो सामग्रीमा गलत विवरण राखेर मतदातालाई भ्रम छर्न खोजेको पाइएको छ ।
ती चुनावी सामग्रीमा जिल्लामा सुरक्षित नागरिक आवास कार्यक्रमबाट खरको छाना हटाएर जस्तापाताले छाउन ६ हजार घरलाई ५० हजार रुपैयाँ उपलब्ध गर...
आइतबार, कार्तिक २०, २०७९
मोरङ । प्रदेश १ को राजधानी र मुख्य व्यापारिक केन्द्रसमेत रहेको मोरङ जिल्ला पुर्वी तराईको सुगम क्षेत्र मानिन्छ । तर, यहाँको एउटा निर्वाचन क्षेत्र यस्तो विकट पहाडमा पर्छ, जहाँबाट विराटनगर आउजाउ गर्न एक दिनमा सम्भव छैन । उत्तरी मोरङका गाउँबस्ती समेटिएको विकट क्षेत्र निर्वाचन क्षेत्र नं. १ मा पर्छ ।...
आइतबार, कार्तिक २०, २०७९
संखुवासभा। संखुवासभामा प्रतिनिधिसभा सदस्यकालागि सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका दीपक खड्का र नेकपा एमालेका राजेन्द्रप्रसाद गौतमबीच मुख्य प्रतिस्पर्धा छ । उम्मेदवार र एजेन्डाकै कारण जिल्लाबासीमा कुनै उत्साह छैन ।
विगतमा एक अर्कामा हारजित बेहोरिसकेका खड्का र गौतम स्वयम् तेस्रो पटक आमनेसामने ...
आइतबार, कार्तिक २०, २०७९
धनकुटा। एउटामात्रै चुनाव क्षेत्र रहेको धनकुटाबाट प्रतिनिधिसभा सदस्यकालागि नौ जनाको उम्मेदवारी छ । तर, यहाँ त्रिपक्षीय प्रतिस्पर्धा छ । कांग्रेस नेतृत्वको गठबन्धन र नेकपा एमालेलाई दलगत राजनीति छोडेर उम्मेदवारी दिएका स्वतन्त्र उम्मेदवार चुनौती बनेका छन् ।
प्रतिनिधिसभा सदस्यकालागि पूरानै दुई अनु...
शुक्रबार, कार्तिक १८, २०७९
मंसिर ४ गते हुने निर्वाचनमा देशभर नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसहितको सत्ता गठबन्धन र नेकपा एमाले नेतृत्वको प्रतिपक्षी गठबन्धनका बीचमा चुनावी प्रतिस्पर्धा छ । मतदाताको मन जित्न उम्मेदवारहरू घरदैलोमा पुगिरहेका छन् । निर्वाचनमा महिला र युवा उम्मेदवारहरूको संख्या निकै टिठलाग्दो छ । दलहरूल...
शुक्रबार, कार्तिक १८, २०७९
तेह्रथुम । नेकपा माओवादी केन्द्रका नेता दुर्गाप्रसाद चापागाई (सचिन)ले मुलुकको विकास र संमृद्धिका लागि सत्ता गठबन्धनका उम्मेदवारलाई मतदान गर्न अपिल गरेका छन् ।
तेह्रथुमबाट प्रदेशसभा–२ मा उम्मेदवार रहेका चापागाईले अगुवा कार्यकर्ताको भेलालाई सम्बोधन गर्दै आम जिल्लाबासीलाई यसपटक परिवर्तन, विकास र...
बिहिबार, कार्तिक १७, २०७९
काठमाडौं । रेशम चौधरीको पार्टी नागरिक उन्मुक्ति पाटीले बिहीबार चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।
पहचिानसहितको संघीयता स्थापना हुनुपर्छ भन्ने आन्दोलनबाट आफू जन्मिएको दाबी गरेको उन्मुक्ति पार्टीले ‘भौगोलिक, सांस्कृतिक पहिचानसहितको संघीयता’ आफ्नो राजनीतिक उद्देश्य रहेको उल्लेख गरेको छ ।
हा...
बिहिबार, कार्तिक १७, २०७९
काठमाडौं । भोजपुरमा चिरपरिचित दुई प्रतिद्वन्द्वी फेरि चुनावी मैदानमा उत्रिएका छन् ।
सत्ता गठबन्धनमा नेकपा माओवादी केन्द्रले सुदन किराँतीलाई उम्मेदवार बनाएको छ भने नेकपा एमालेबाट शेरधन राई उम्मेदवार बनेका छन् । भोजपुरमा यसपटक एमालेका शेरधन र कांग्रेससमेतको समर्थनमा उम्मेदवार बनेका माओवादी केन्...
बिहिबार, कार्तिक १७, २०७९
काठमाडौं । प्रदेश १ मा चासोका हेरिएका क्षेत्रमध्ये अर्को हो, मोरङ–६ । यहाँ यसपटक पनि पूरानै अनुहार मुख्य प्रतिस्पर्धीका रुपमा देखिएका छन् । यहाँ नेपाली कांग्रेसका नेता शेखर कोइराला र नेकपा एमालेका लालबाबु पण्डितसहित १३ राजनीतिक दल र ३ जना स्वतन्त्रको उम्मेदवारी परेको छ ।
०७४ को निर्वाचनमा कां...
बुधबार, कार्तिक १६, २०७९
काठमाडौं । व्यक्तिको राजनीतिक भूमिकालाई उमेरले प्रभाव पार्दैन भन्ने मान्यता राख्ने राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी यसपालि बागलुङ–१ बाट प्रतिनिधि सभातर्फका उम्मेदवार छन् ।
८० वर्षीय केसी एमालेका युवा उम्मेदवार डा. सूर्यप्रसाद पाठकसँग भिड्दै छन्। जीवनभर निष्ठाको राजनीति गर्दै आएका...
बुधबार, कार्तिक १६, २०७९
काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ मा समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवारको बन्दसूची पेस गर्ने राजनीतिक दललाई बन्दसूचीमा कायम भएको उम्मेदवारको संख्याको आधारमा निर्वाचन खर्चको अधिकतम हद कायम गरेको छ ।
राजनीतिक दलको तर्फबाट हुने निर्वाचन सम्बन्धी ...
बुधबार, कार्तिक १६, २०७९
काठमाडौं । निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, भयरहित तथा मितव्ययी रूपमा सम्पन्न गराउन नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहका सम्बन्धित निकायहरूमा निर्देशन दिन नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार...
बुधबार, कार्तिक १६, २०७९
काठमाडौं । निर्वाचन आयोगले काठमाडौं महानगरपालिका १६ नम्बर वडा अध्यक्ष मुकुन्द रिजाललाई ५ हजार रुपैयाँ जरिवाना गर्ने भएको छ । काठमाडौं क्षेत्र नम्बर ७ (२) का उम्मेदवार सबिन तामाङको प्रचारप्रसारमा संलग्न भएको पाइएको भन्दै आयोगले रिजाललाई ५ हजार जरिवाना गर्ने निर्णय गरेको हो । आचारसंहिता उल्लंघनको ...
बुधबार, कार्तिक १६, २०७९
काठमाडौं । मंसिर ४ गतेको निर्वाचनलाई लक्षित गर्दै राजनीतिक दलहरुले आआफ्ना घोषणापत्र सार्वजनिक गरेका छन्। उनीहरुले अरुभन्दा आफ्नो राम्रो प्रतिबद्धता देखाएर मतदाता आकर्षित गर्ने प्रयास गरेका छन्। प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि अधिकांश राजनीतिक दलका घोषणापत्रमा मुख्यगरी निर्वाचनपछि बन्न...
मंगलबार, कार्तिक ०१, २०७९
काठमाडौं । सत्ता गठबन्धनमा रहेका तीन मुख्य दलका प्रमुखहरूले मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धन दलहरूका पक्षमा मतदान गर्न अपिल गरेका छन्।
मंगलबार प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अ...
मंगलबार, कार्तिक ०१, २०७९
तेह्रथुम । आसन्न निर्वाचनमा पुर्वी पहाडी जिल्ला तेह्रथुममा दुई पुस्ताबीचको प्रतिस्पर्धा छ । सत्ता गठबन्धनले नयाँ पुस्ताका युवा उम्मेदवारहरुलाई अघि सारेको छ भने नेकपा एमालेले भने फेरि पनि पटक-पटक जिल्लाको नेतृत्वमा निर्वाचित भएर लोकप्रिय काम गर्न नसकेका नेताहरुलाई नै उभ्याएको छ ।
नेकपा एमालेले...
शुक्रबार, आश्विन २८, २०७९
तेह्रथुम । आसन्न ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा जित हासिल गर्न तेह्रथुममा सत्ता गठबन्धन दलका उम्मेदवार गाउँ पसेका छन् ।
उम्मेदवारी दर्ता लगत्तै नेताहरुले पालिकास्तरमा गठबन्धनका दलको चुनावी अभियान थालेका हुन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत सामाजवादी...
शुक्रबार, आश्विन २८, २०७९
सुनसरी । सुनसरी–३ मा यसपटक पनि बिजयकुमार गच्छदार र भगवती चौधरी चुनावी मैदानमा छन् ।
यहाँ ११ राजनीतिक दल र १२ स्वतन्त्र गरी २२ जना उम्मेदवार छन् । तर, फेरि पनि सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार गच्छदार र नेकपा एमालेकी उम्मेदवार चौधरीकै बीचमा कडा टक्कर हुने नेताहरू बताउँछन् । गच्छदार...
बिहिबार, आश्विन २७, २०७९
काठमाडौं । २०७४ को प्रतिनिधि सभा निर्वाचनको समानुपातिक मत परिणामलाई आधार मान्दा चितवन क्षेत्र नम्बर ३ को प्रमुख शक्ति नेपाली कांग्रेस हो। समानुपातिक मत परिणामअनुसार एमाले दोस्रो, माओवादी केन्द्र तेस्रो र राप्रपा चौथो शक्ति हुन्।
२०७४ को संसदीय चुनाव र गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा ...
बिहिबार, आश्विन २७, २०७९
काठमाडौं । पाँच दलीय सत्ता गठबन्धनले सातै प्रदेशमा चुनाव लक्षित भेला आया्ेजना गर्ने भएको छ ।
आज बसेको गठबन्धनको बैठकले ‘संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धन’ नारा दिए सबै प्रदेशमा संयुक्त कार्यकर्ता भेला आयोजना गर्ने निर्णय गरेको हो ।
सत्ता गठबन्धनले नेपाली कांग्रेसका वरिष्ठ न...
बिहिबार, आश्विन २७, २०७९
फिदिम । आगामी मंसिर ४ गतेको निर्वाचनलाई लक्षित गरेर सत्तारुढ गठबन्धनले पाँचथर सदरमुकाम फिदिमको बुद्धमार्गमा सम्पर्क कार्यालय स्थापना गरेको छ ।
नेपाली काँग्रेसका सह महामन्त्री तथा सत्तारुढ गठबन्धनको तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेद्धार भीष्मराज आङ्देम्बेले कार्यालयका उद्घाटन गरेका हुन् ।
...
बिहिबार, आश्विन २७, २०७९
पोखरा । चुनाव जितेको एक वर्षपछि मात्र प्रदेशसभामा प्रवेश पाएका राजीव गुरुङ ऊर्फ दीपक मनाङे चर्चामा मात्रै रहेनन्, गण्डकी प्रदेश सरकार बनाउने र ढलाउने खेलमा निर्णायक बने ।
गुण्डागर्दी पृष्ठभूमिबाट आएका मनाङेले २०७४ मा मनाङ (ख) मा स्वतन्त्र उम्मेदवारी दिएका थिए । एमालेले समर्थन गरेपछि कांग्रेसक...
बुधबार, आश्विन २६, २०७९
झापा । झापा–१ मा दुई चर्चित अनुहारबीच रोचक प्रतिस्पर्धा हुँदैछ । यहाँ सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र विपक्षी गठबन्धनबाट नेकपा एमालेका स्थायी कमिटी सदस्य अग्नी खरेल उम्मेदवार छन् ।
खरेलले महामन्त्री शर्मालाई टक्कर दिएका छन् । यहाँ १३ राजनीतिक दल र ३ स्वतन्त्र...
मंगलबार, आश्विन २५, २०७९
काठमाडौं । विवकेशील साझा पार्टीका निवर्तमान प्रवक्ता हरिश भट्टले नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलका लागि मत मागेका छन्। उनले मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत् नेता पौडेलका लागि मत मागेका हुन्।
कांग्रेस केन्द्रीय सदस्य पौडेल काठमाडौं–५ मा सत्ता गठबन्धनका तर्फबाट प्रतयक्षतर्फ प्रतिनि...
मंगलबार, आश्विन २५, २०७९
धनकुटा । एक मात्र प्रतिनिधिसभा क्षेत्र रहेको धनकुटामा प्रतिनिधिसभा सदस्यकालागि नौ जनाले उम्मेदवारी दिएका छन् । तर, नेपाली कांग्रेसका नेता सुनिलबहादुर थापा र नेकपा एमालेका नेता राजेन्द्र राईबीचमा विरासतको लडाइँ हुने देखिएको छ ।
यहाँ थापा र राई नै मुख्य प्रतिस्पर्धामा छन् । यहाँ ७ राजनीतिक दल र...
मंगलबार, आश्विन २५, २०७९
तेह्रथुम । तेह्रथुममा सत्ता गठबन्धन दलहरूले चुनावलक्षित संयुक्त कार्यकर्ता भेला सुरू गरेको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रसहित गठबन्धनमा आवद्ध दलहरूले उम्मेदवारी दर्तासँगै स्थानीय तहस्तरमा संयुक्त कार्यकर्ता भेला सुरू गरेका हुन् ।
कांग्रेसको जिल्ला कार्यसमितिले संयुक्त कार्यकर्ता भेल...
आइतबार, आश्विन २३, २०७९
तेह्रथुम । मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि तेह्रथुमबाट २८ जनाको उम्मेदवारी परेको छ । प्रतिनिधिसभा सदस्यतर्फ १० र प्रदेश सभातर्फ १८ जनाकोे उम्मेदवारी परेको हो ।
प्रतिनिधिसभा सदस्यतर्फ नौ राजनीतिक दल र एक स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । मुख्य निर्वाचन...
शनिबार, आश्विन २२, २०७९
तेह्रथुम । मंसिर ४ मा हुने निर्वाचनका लागि तेह्रथुममा सत्ता गठबन्धन र नेकपा एमालेले उम्मेदवारको टुंगो लगाएका छन् ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रसहित पाँच दलीय सत्ता गठबन्धनले प्रतिनिधिसभा सदस्यका लागि कांग्रेस नेता सीता गुरुङलाई साझा उम्मेदवार बनाएको छ । त्यही पदमा नेकपा एमालेले विजय...
बुधबार, आश्विन १२, २०७९
काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेता भीम रावलबारे चासो राखेका छन्। आफ्नो निवास बालकोटमा सोमबार पुगेका अछाम जिल्लासहित एमाले सुदूरपश्चिमका नेताहरूसँग ओलीले रावलको गतिविधिबारे चासो राखेका थिए।
ओलीले निर्वाचनमा भएको एकल सिफारिसबारे समेत चासो देखाएका थिए।
‘उहाँ (रावल) पार्टीको...
बुधबार, आश्विन १२, २०७९
काठमाडौं । आगामी प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन आचारसंहिता लागू भएको छ।
आजदेखि निर्वाचन आचारसंहिता लागू भएको निर्वाचन आयोगले जनाएको छ। आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाका अनुसार असोज ११ गते बसेको आयोगको बैठकले आजबाट आचारसंहिता लागू गर्ने निर्णय गरेको हो।
यसअघि नै आयोग...
सोमबार, आश्विन १०, २०७९
काठमाडौं । आगामी निर्वाचनका लागि नेपाली कांग्रेसले समानुपातिकतर्फ बुझाएको बन्द सूची बाहिरिएको छ । आयोगले तोकेको तालिकामा कांग्रेसले बुझाएको सूची बाहिरिएको हो ।
समानुपातिकतर्फ प्रतिनिधिसभाका लागि कांग्रेसले १०९ जनाको नामावली बुझाएको हो । समानुपातिकतर्फ सूचीमा सबैभन्दा माथि प्रधानमन्त्रीपत्नी आ...
आइतबार, आश्विन ०९, २०७९
विराटनगर । नेकपा माओवादी केन्द्र धनकुटाका नेताहरुले सामूहिक राजीनामा घोषणा गरेका छन् ।
सत्तारुढ गठबन्धनभित्र सिट बाँडफाँट गर्दा धनकुटाबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार माओवादीले नपाउने भएपछि पोलिट्ब्यूरो सदस्य हेमराज भण्डारीसहित जिल्लामा रहेका नेताले सामूहिक राजीनामा दिएका हुन् ।
राजीनामापछ...
आइतबार, आश्विन ०९, २०७९
काठमाडौं । आगामी प्रदेश र प्रतिनिधिसभाको निर्वाचनलाई लक्षित गरेर त्यसलाई एउटा सुनौलो अवसरको ढोकाका रुपमा लिँदै राजनीतिक दलका चुनावी घोषणापत्रमा कृषिमा आधारित बाध्यकारी श्रमिकहरुः मुक्त हरवाचरवा, हलिया, कमैया र कमलरीका सवालहरु सम्बोधन गराउन सुझावपत्र पेश गरिएको छ ।
बाध्यकारी श्रम उन्मुलन जनवका...
शुक्रबार, भाद्र २४, २०७९
काठमाडौं । नेपाली कांग्रेसले आगामी ४ मंसिरमा हुने आम निर्वाचनमा गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे) लाई लाई समर्थन गर्ने भएको छ।
कांग्रेसले मनाङ १ (ख) मा प्रदेशसभा सदस्यमा मन्त्री गुरुङलाई समर्थन गर्ने भएको हो।
उनलाई सघाउन कांग्रेसले मनाङमा १ (ख) मा पार्टीका तर्...
शुक्रबार, भाद्र २४, २०७९
सन्दर्भ: १०९औं वीपी जन्मजयन्ती
-
अहिले राजनीतिक दलहरु निर्वाचनको सम्मुख छन्। दलहरुले निर्वाचनमा जानका लागि आ– आफ्ना घोषणापत्र लेख्ने तयारी गरिरहेका छन्। नेपाली कांग्रेसले घोषणापत्र लेखनका लागि महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा समिति बनाएकाे छ।
आज वीपी कोइरालाको १०९औं जन्मदिन। प्रस्तुत ...
शुक्रबार, भाद्र २४, २०७९
सुनसरी । नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदार सुनसरी-३ बाट उम्मेदवारकालागि सिफारिस भएका छन् ।
क्षेत्रीय समिति, जिल्ला र प्रदेश कार्यसमितिले आगामी मंसिर ४ मा हुने निर्वाचनकालागि प्रत्यक्षतर्फ उम्मेदवारका लागि गच्छदारको नाम सिफारिस गरेको हो ।
नेपाली कांग्रेसका पूर्वउपसभापति गच्छदार हाल क...
शुक्रबार, भाद्र २४, २०७९
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल भदौ १९ गते रुपन्देहीको क्षेत्र नम्बर २ बाट सर्वसम्मत उम्मेदवार सिफारिस भए। २०६४ साल यताका सबै निर्वाचन जितेका पौडेल सर्वसम्मत हुनु स्वभाविक थियो।
पौडेलसँगै राष्ट्रिय सभाका सांसद खिमलाल भट्टराईसमेत रुपन्देही ५ बाट सर्वसम्मत सिफारिस भए। जबकी उनको ...
बुधबार, भाद्र २२, २०७९
यही मंसिर ४ गते संघीय र प्रदेश सभा सदस्यका लागि निर्वाचन हुँदैछ । संघीयता कार्यान्वयनपछिको दोस्रो निर्वाचनका लागि मिति नजिकिँदै गर्दा सत्तारुढ दलहरु गठबन्धन बनाएर चुनावी प्रतिस्पर्धामा जाने तयारी गरिरहेका छन् ।
भक्तपुरमा पनि काँग्रेसले चुनावलक्षित विभिन्न कार्यक्रम गर्दै आएको छ । देशव्यापी र...
मंगलबार, भाद्र २१, २०७९
भक्तपुर । आगामी मंसिर ४ गते हुने निर्वाचनमा भक्तपुर क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यका लागि नेकपा (एमाले) भक्तपुर जिल्ला कमिटीले एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतको नाम सर्वसम्मत सिफारिस गरेको छ।
प्रतिनिधिसभा सदस्य बस्नेत आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सर्वसम्मत सिफारिस भएकाे एम...
मंगलबार, भाद्र २१, २०७९
सोलुखुम्बु । नेपाल तरुण दल सोलुखुम्बुका अध्यक्ष अशोक झा प्रदेश सभातर्फ समानुपातिक उम्मेदवारमा सिफारिस भएका छन् ।
नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिसमेत रहेका तरुण दलका जिल्ला अध्यक्ष झा प्रदेश सभा निर्वाचन क्षेत्र (क) बाट समानुपातिक उम्मेदवारमा सिफारिस भएका हुन् ।
कांग्रेस सोलुखुम्बुले ...
सोमबार, भाद्र २०, २०७९
काठमाडौं । निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि देशभर १० हजार आठ सय ८८ मतदानस्थलको सङ्ख्या कायम गरेको छ । गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा १० हजार सात सय ५६ मतदानस्थल रहेका थिए ।
आयोगले मतदानस्थल तथा मतदान केन्द्र निर्धारण कार्य...
सोमबार, भाद्र २०, २०७९
ताप्लेजुङ । नेपाली काँग्रेस ताप्लेजुङले प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गरेको छ ।
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि काँग्रेसले प्रत्यक्ष र समानुपातिकतर्फका उम्मेदवारहरूको नाम सिफारिस गरेको हो ।
प्रतिनिधिसभा सदस्यको प...
सोमबार, भाद्र २०, २०७९
भक्तपुर । नेपाली कांग्रेसले भक्तपुर-२ मा प्रदेश र प्रतिनिधिसभा सदस्यका उम्मेदवारहरुको नाम सिफारिस गरेको छ ।
क्षेत्रीय समितिले प्रतिनिधिसभा सदस्य प्रत्यक्षतर्फ जिल्ला सभापति दुर्लभ थापासहित चार जनाको नाम सिफारिस गरेको छ । जसमा नेताहरु विनोद कायस्थ, मदनकृष्ण श्रेष्ठ र कविर राणा छन् ।
भक्तपुर...
सोमबार, भाद्र २०, २०७९
पाल्पा । आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि नेकपा एमालेले पाल्पा प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्ष उम्मेदवारहरूको नाम सिफारिस गरेको छ।
प्रतिनिधि सभा सदस्य प्रत्यक्षतर्फ क्षेत्र नम्बर १ मा नारायण प्रसाद आचार्य, युवराज खनाल, शिव अर्याल, निल सारु, कृष्ण श्रेष्ठ, झपेन्द्र बहादुर जिसी र म...
सोमबार, भाद्र २०, २०७९
भक्तपुर । नेपाली कांग्रेसले भक्तपुर-२ (क) बाट प्रदेशसभा सदस्य प्रत्यक्षतर्फ उम्मेदवारका लागि लोकप्रिय नेता उद्वव सिलवालसहित नौ जनाको नाम सिफारिस गरेको छ ।
क्षेत्रीय कार्यसमितिको बैठकले आगामी मंसिर ४ मा हुने निर्वाचनका लागि उम्मेदवारहरुको नाम सिफारिस गरेको हो ।
पार्टीका पूर्वजिल्ला सचिव सिल...
सोमबार, भाद्र २०, २०७९
विराटनगर । नेपाली कांग्रेसले प्रतिनिधिसभा सदस्यका लागि मोरङ क्षेत्र नम्बर २ बाट दुई जनाको नाम सिफारिस गरेको छ । कांग्रेसले यस क्षेत्रबाट डा. मिनेन्द्र रिजाल र सुजता कोइरालाको नाम सिफारिस गरेको हो ।
अघिल्लो निर्वाचनमा यो क्षेत्रबाट कांग्रेसका मिनेन्द्र रिजाल विजयी भएका थिए । उनले एमाले माओवादी...
सोमबार, भाद्र २०, २०७९
तेह्रथुम । नेकपा एमाले तेह्रथुमले आगामी मंसिर ४ मा हुने प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवारहरुको नाम सिफारिस गरेको छ ।
प्रदेश क्षेत्रीय सम्नवय कमिटी (क) को बैठकले प्रदेशसभा सदस्यकालागि प्रत्यक्षतर्फ ६ जना र समानुपातिकतर्फ ३ जनाको नाम सिफारिस गरेको हो ।
एमालेले प्रत्यक्षतर्फ अनुभूतिबम...
आइतबार, भाद्र १९, २०७९
दोलखा । नेपाली कांग्रेस दोलखाबाट प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ युवा नेता कुन्दनराज काफ्लेसहित ८ जना नेताहरुको नाम सिफारिस गरेको छ ।
नेपाल विद्यार्थी संघका पूर्वमहामन्त्री काफ्ले पार्टीभित्र लोकप्रिय युवा नेता हुन् । उनी हाल केन्द्रीय सदस्यसमेत छन् । नेता कृष्णप्रसाद सिटौलाको निकट रह...
आइतबार, भाद्र १९, २०७९
विराटनगर । आगामी मंसिर ४ गतेको प्रदेशसभा निर्वाचनका लागि नेपाली कांग्रेसले उम्मेदवार सिफारिस गरेको छ।
नेपाली कांग्रेसले मोरङ २ (क) मा एक महिला सहित ६ जना सिफारिस गरेको छ। कांग्रेसलेमोरङ २ (क) मा पूर्वमेयरदेखि वकिल, वडाअध्यक्षसम्मको नाम सिफारिस गरेको छ ।
बुधबार बसेको नेपाली काँग्रेस मोरङ क...
शनिबार, जेठ ०७, २०७९
जीवन खत्री चाँगुनारायण नगरपालिकाका नवनिर्वाचित मेयर हुन् । नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार बनेका उनले एमालेका तर्फबाट उम्मेदवार विणा बास्तोलाभन्दा ३९० मत बढी ल्याएर मेयरमा निर्वाचित भएका हुन् । उनी नेपाली काँग्रेस भक्तपुर क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति समेत हुन् ।
क्षेत्रफलका आधारमा भक्...
बिहिबार, बैशाख २९, २०७९
काठमाडौं । स्थानीय तहको निर्वाचनमा प्रदेश नं १ मा राजनीतिक दल र तिनका उम्मेदवारबीचका मित्रवत् व्यवहार देखिएको छ । यहाँ २ दर्जनभन्दा बढी राजनीतिक दलका उम्मेदवारले निर्वाचनमा भाग लिएका छन् ।
सबै दल र तिनका उम्मेदवारले आ–आफ्नो सिद्धान्त, विचार र संकल्पकासाथ जनतामाझ गएकाले निर्वाचन स्वच्छ, निष्पक्ष, ...
बिहिबार, बैशाख २९, २०७९
काठमाडौँ । निर्वाचन आयोगले मौन अवधिमा आचारसंहिताको पालनामा कडाइ गर्दै सुक्ष्म अनुगमन संयन्त्र सक्रिय बनाएकाे छ । चैत २५ देखि लागू भएको मौन अवधिको पालनामा आयोगले कडाई गरेको हो ।
यस अवधिमा आफ्ना पक्षका उम्मेदवारलाई सामाजिक सञ्जालबाट मत मागेको विषयमा नेकपा (एमाले)का उपमहासचिव पृथ्वी सुब्बा गुरुङ र न...
मंगलबार, बैशाख २७, २०७९
ताप्लेजुङ । ताप्लेजुङमै औंलामा गन्न सकिने समाजसेवीमा पर्छन्, लालकृष्ण चौहान । उनलाई अहिले नेपाली कांग्रेसले सिरिजंघा गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी बनाएको छ । सिरिजंघा यस्तो पालिका हो, जो ताप्लेजुङमा मात्रै होइन, देशभरकै पालिकामध्ये विकास र शुशासनमा उदाहरणीय बनेको छ । पहिलो ५ वर्ष जसको नेतृत्व गर...
मंगलबार, बैशाख २०, २०७९
ताप्लेजुङ। ‘चुनावअघि त सबै .......यसै भन्दै आउँछन्, तर जितेपछि कहिल्यै फर्कदैनन् । कतै भेट्दा नमस्कार गर्यो भने पनि नचिनेजस्तो गर्छन्, फर्काउँदैनन् । यसअघि भोट दिएर जिताएका नेताको यस्तो बानीले आजित भइसकेको छु । तपाईं पनि त्यसै गर्ने त होला नी ?’
फुङलिङ नगरपालिका–२ मा एमालेकातर्फबाट वडाध्यक्षका उम...
सोमबार, बैशाख १९, २०७९
ताप्लेजुङ । सिंगो मुलुक स्थानीय तहको निर्वाचनमा होमिएको छ । वैशाख ३० गते हुने निर्वाचनका लागि उम्मेदवारहरु मतदाताको घरदैलोमा पुगिरहेका छन् । गाउँ, नगर र समुदायको विकासका लागि दीर्घकालिन र परिपक्व योजनासहित प्रस्तुत भएका छन् । तिनैमध्येक एक हुन्, डम्बर(युकहाङ्विर)हाङ्गाम ।
ताप्लेजुङको मेरिङ्देन गाउँ...
शनिबार, बैशाख १७, २०७९
ताप्लेजुङ। ठ्याक्कै एक वर्ष अगाडी । कोरोनाको दोस्रो लहरले मुलुक आक्रान्त थियो । ताप्लेजुङमा पनि अप्रत्यासित रुपमा कोरोना बढिरहेको थियो । नसोचेका मानिसको मृत्यु भएपछि बजार क्षेत्र र गाउँमासमेत चहलपहल शून्य थियो । स्थानीय घरबाट बाहिर निस्कन डराइरहेका थिए । लामो समयको लकडाउनका कारण दैनिक मजदुरी गर्ने, ...
सोमबार, चैत्र २८, २०७८
काठमाडाैं । केही दिनअघि नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल महिला संघको काठमाडौं समितिले एउटा निर्णय गर्याे- यसपालि काठमाडौं महानगरपालिकाको मेयरमा महिला उम्मेदवारका लागि पहल गर्ने।
काठमाडौंका लागि महिला उम्मेदवारको त्यो लिस्टमा पहिलाे नाम थियो- सिर्जना सिंह। महिला संघले उम्मेदवारको नाम नै ...
सोमबार, चैत्र २८, २०७८
कास्की । पोखरा महानगरको मेयर टिकट पाउन प्रदेश मन्त्रीदेखि व्यवसायीसम्म दौडधुपमा छन्। पार्टीका स्थानीय कमिटीदेखि शीर्ष नेतासम्म उनीहरूले लबिङ बढाइरहेका छन्।
गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री बिन्दुकुमार थापा मेयरको टिकट माग्न प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवालाई द...
सोमबार, चैत्र २८, २०७८
काठमाडौं । स्थानीय तहको निर्वाचनका लागि २८ जिल्लाको मतपत्र छपाइको काम सकिएको छ । आयोगले अहिलेसम्म २८ जिल्लाका लागि आवश्यक पर्ने ४५ लाख २२ हजार मतपत्र छपाइ कार्य भइसकेको जानकारी दिएको हो ।
‘स्थानीय तह निर्वाचनका लागि हालसम्म २८ जिल्लाका लागि आवश्यक पर्ने ४५ लाख २२ हजार मतपत्र छपाइ कार्य भइसकेक...
सोमबार, चैत्र २८, २०७८
हेटौंडा । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि बागमती प्रदेशमा ५ दलीय चुनावी गठबन्धन दल सहमति नजिक पुगेका छन्।
नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँको अध्यक्षतामा बसेको गठबन्धनको बैठकमा चलेको छलफलमा बागमती प्रदेशका १ सय १९ पालिका र एक हजार एक सय २१ वडामा नै आ...
सोमबार, चैत्र २८, २०७८
काठमाडौं । चितवनको भरतपुर महानगरपालिकामा मेयरका लागि सत्तारुढ नेपाली कांग्रेसबाट २५ जना आकाक्षी देखिएका छन् ।
कांग्रेसको भरतपुर महानगर समितिले हिजोदेखि प्रमुख र उपप्रमुखमा उम्मेदवार बन्न चाहनेहरूलाई निवेदन दिन आह्वान गरेकोमा २५ जनाले मेयरमा र २४ जनाले उपमेयरमा दाबी गरेका हुन् । यसरी मेयर दाब...
सोमबार, चैत्र २८, २०७८
काठमाडौं । नेपाली कांग्रेस काठमाडौं महानगरपालिका कार्यसमितिले काठमाडौं महानगरको मेयरका लागि पार्टीबाट आकांक्षीहरूको नाम सिफारिसमा ढिलाइ गरेको छ।
सत्तागठबन्धनले स्थानीय तह निर्वाचनमा तालमेल गर्ने निर्णय गरे पनि कुन महानगर कसले लिने भन्ने नै यकिन नभएकोले महानगर कार्यसमितिबाट आकांक्षीका नाम सिफा...