सोमबार, चैत्र ३०, २०७७
काठमाडौँ । कोरोना संक्रमणको जोखिमलाई देखाएर विद्यालय बन्द गर्ने–नगर्ने निर्णय गर्ने जिम्मा स्थानीय सरकारलाई दिन सरोकारवालाहरुले सुझाव दिएका छन् । सोमबार शिक्षा मन्त्रलायले आयोजना गरेको छलफलमा सभागीहरुले यस्तो सुझाव दिएका हुन् ।
छलफलमा सहभागीले कोरोनाको जोखिमलाई देखाएर तत्काल विद्यालय बन्द गर्ने...
सोमबार, चैत्र ३०, २०७७
काठमाडौँ । देशका अधिकांश भू–भागहरूमा तुवाँलो रहे पनि सामान्यतया मौसम भने सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
देशका अधिकांश भू–भागहरूमा आंशिकदेखि सामान्य बदली रहने विभागले जनाएको छ । दिउँसो सुदूरपश्चिम प्रदेशका अधिकांश भागसँगै देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू...
शुक्रबार, चैत्र २७, २०७७
काठमाडौँ । अब ट्राफिक जरिवाना तिर्न बैंक धाइहरनु नपर्ने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक जरिवाना मोबाइलबाटै तिर्न सकिने गरी सेवा विस्तार गरेको छ ।
अनलाइन सेवा प्रदायक संस्थाबाट ट्राफिक जरिवाना भुक्तानी सुरु गरिएकामा त्यसलाई अझै सेवा विस्तार गरी शुक्रबारदेखि आफ्नै बैंक खाताबाट ...
शुक्रबार, चैत्र २७, २०७७
काठमाडौँ । स्कुले बालबालिका कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिममा परेका छन् ।
कोरोनाको नयाँ भेरियन्ट बालबालिकामा देखिने क्रम बढेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसले विद्यालय क्षेत्र पनि कोरोनाको उच्च जोखिममा परेको छ ।
काठमाडौँ, पोखरालगायतका ठूला सहरका विद्यालयमा सङ्क्रमणको जोखिम उच्च रह...
बिहिबार, चैत्र १९, २०७७
दक्षिण कोरियाको एजुसी भन्ने ठाउँमा कार्यरत गगन पहिलो कार्यकालको चार वर्ष १० महिना अवधि पूरा गरी अबको नौ दिनपछि नेपाल फर्किने टिकटसमेत काटेर तयारी अवस्थामा थिए। एउटै कोठामा बस्ने नेपाली सहकर्मीका अनुसार गगन सोमबार दिउँसो कम्पनीमा राम्रै काम गरी सुतेका थिए। राति कोरियाली समयअनुसार करिब २ः३० बजे उन...
शुक्रबार, चैत्र १३, २०७७
काठमाडौँ । कोभिड–१९ को सङ्क्रमणलाई ध्यानमा राख्दै सार्वजनिक यातायातमा कडाइ गरिने भएको छ । पछिल्लो समय नेपालमा कोरोना संक्रमणको दरमा बृद्धि भएको भन्दै रोकथाम तथा नियन्त्रणका लागि काठमाडौँमा सार्वजनिक यातायातमा मास्कको प्रयोगलाई अनिवार्य बनाउन लागिएको हो ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्र...
बिहिबार, चैत्र १२, २०७७
बैतडी । बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका ७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको भजाइनल स्वाबसँग अभियुक्तको डीएनए ‘म्याच’ भएको छ ।
प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा गरिएको परीक्षणमा अभियुक्त १६ वर्षीय दिनेश भट्टको डिएनए र भागरथीको भजाइनल स्वाब मिलेको जिल्ला प्रहरी का...
सोमबार, चैत्र ०९, २०७७
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आगामी जेठ ३० गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन गर्ने भएको छ ।
नेपाल विद्यार्थी सङ्घ त्रिभुवन विश्वविद्यालय समितिले स्ववियु निर्वाचनसहित पाँचबुँदे माग राखेर ४८ दिनदेखि बसेको रिले अनशन तोड्दै स्ववियु निर्वाचन गर्ने गरी त्रिवि र विद्यार्थीबी...
आइतबार, चैत्र ०८, २०७७
तेह्रथुम । बिगत एक दशक देखि क्रियाशिल रूपमा संचालनमा आएको छथर पत्रकार समाजको भेला सम्पन्न भएको छ ।
तेह्रथुमको छथर क्षेत्रमा रहि विभिन्न संचार माध्यममा काम गर्दै आएका श्रमजीवी पत्रकारहरुको पेशागत हक हित र प्रेस स्वतन्त्रतालाई संरक्षण गर्ने उदेश्यले स्थापना गरिएको छथर पत्रकार समाजले आइतबार क्रियाशि...
आइतबार, चैत्र ०८, २०७७
नवलपरासी । नवलपुरको कावासोती नगरपालिका-४ हसौरा क्षेत्रका स्थानीयवासी आफूले जोतभोग गरेको जग्गाको पुर्जा अर्कैको नाममा हुँदा चिन्तित बनेका छन् ।
हसौरा, चिलाहा, सालघारी, चिलाहा खोलापारि, स्कूलटोल, बगनासे, कुसनरी, सातबिघा, बीचटोल, ढुङ्गेनीका बासिन्दा पुर्जाविहीन बन्दा समस्यामा परेका छन् । लामो समयदेख...
आइतबार, चैत्र ०८, २०७७
मोरङ । मोरङमा तीन महिने जातीय भेदभावविरुद्धको जागरण अभियान शुरु भएको छ। अभियानको प्रदेश १ का प्रमुख सोमनाथ अधिकारी प्यासीले शुभारम्भ गरेका छन्।
प्रदेश प्रमुख अधिकारीले आफू दलित छुवाछुत मुक्तिको आन्दोलनको अग्रपंतीमा रहेको चर्चा गरे। उनले जनताको सरकार भएको वर्तमान अवस्थामा जातीय छुवाछुतविरुद्ध निर्...
शुक्रबार, चैत्र ०६, २०७७
तेह्रथुम । मानव अधिकार तथा शान्ति समाज तेह्रथुमले केन्द्रीय सदस्य लक्ष्मीनारायण मिश्रलाई बधाई तथा शुभकामना ज्ञापन गरेको छ ।
समाजको हालै पोखरामा सम्पन्न समाजको राष्ट्रिय परिषद् बैठकबाट केन्द्रीय सदस्य निर्वाचित भएका थिए ।
जिल्लाको प्रतिनिधित्व गर्दै केन्द्रीय सदस्य बनेका मिश्रलाई शाखाले एक ...
शुक्रबार, चैत्र ०६, २०७७
काठमाडौँ । तत्कालीन स्वास्थ्यसचिव डा. पुष्पा चौधरी र सरकारबीचको विवादले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा प्राविधिक सचिवको दरबन्दी गुमेको छ । शुक्रबार स्वास्थ्यसचिव सिफारिस गर्न बसेको सिफारिस समितिले स्वास्थ्यको दरबन्दी नभेटेपछि प्रक्रिया रोकिएको हो । अब मन्त्रिपरिषद्ले नयाँ सचिवको दरबन्दी सिर्...
बिहिबार, चैत्र ०५, २०७७
काठमाडौँ । कोरोना भाइरसविरुद्धको खोप दोस्रो चरणमा १६ लाख ७३ हजार २२७ व्यक्तिले लगाएका छन्। दोस्रो चरणको पहिलो प्राथमिकतामा व्यक्तिमध्ये ७३ प्रतिशतले खोप लगाएका छन्।
स्वास्थ्य सेवा विभागको बालस्वास्थ्य तथा खोप शाखा प्रमुख डा झलक शर्मा गौतमले ६५ वर्षभन्दा माथिका १६ लाख ७३ हजार २२७ ज्येष्ठ नागरि...
बिहिबार, चैत्र ०५, २०७७
विराटनगर । तत्कालीन विराटनगर उपमहानगरपालिकाका पहिलो मेयर हुन् अशोक कोइराला। उनको आज बिहीबार बिहान न्युरो अस्पताल विराटनगरमा निधन भएको छ। ७७ वर्षीय कोइराला बुधबार अस्वस्थ भएपछि अस्पताल भर्ना भएका थिए।
अस्पताल पुगेको २४ घण्टा नबित्दै उनको निधन भएको थियो। कोइरालाको आज दिउँसो शवयात्रापछि अन्त्येष...
बिहिबार, चैत्र ०५, २०७७
भक्तपुर । गैरसरकारी संस्था महासंघ जिल्ला शाखा भक्तपुरको सातौँ जिल्ला अधिवेशनले नारायण न्यौपानेको अध्यक्षतमा शाखाको अध्यक्षसहित पदाधिकारी निर्वाचित भएको छन् ।
अध्यक्षमा उम्मेदवारी दिएका प्रत्यासी उम्मेदवार जयराम थापालाई गोप्य मतदान प्रक्रियाबाट हराउँदै न्यौपाने अध्यक्षमा निर्वाचित हुनुभएको निर्वाच...
बिहिबार, चैत्र ०५, २०७७
दक्षिण एसियामा काेराेना कालमा दुई लाख २८ हजार बालबालिकाको निधन भएको युएनले जनाएको छ । युएनको रिपोर्टअनुसार कोभिड– १९ ले महिला तथा बालबालिका धेरै प्रभावित भएका छन् ।
ज्यान गुमाउने अधिकांश बालबालिका पाँच वर्षमुनिका रहेको रिपोर्टमा उल्लेख छ । महामारीको समयमा बालबालिकाले पौष्टिक आहार तथा खोप नपाउ...
बिहिबार, चैत्र ०५, २०७७
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कमलपोखरीको पहिलो चरणको पुननिर्माण चैत मसान्तासम्ममा सम्पन्न गर्ने गरी तिव्र गतिमा कार्य भैरहेको जानकारी दिएको छ । पोखरीमा केही दिनमै लबालब ९टनाटन० पानी भर्ने पनि काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले जानकारी दिए ।
‘पोखरी पुननिर्माणको काम ७० प्रतिश...
बुधबार, चैत्र ०४, २०७७
संखुवासभा । जिल्ला निर्वाचन कार्यालय संखुवासभाले मध्यावधि चुनावका लागि भन्दै विभिन्न शीर्षकमा ५ लाख ५७ हजार ५ सय ७८ रुपैयाँ खर्च गरेको पाइएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गएको पुस ५ गते संसद विघटन गर्दै आगामी ०७८ वैशाख १७ र २७ गते दुई चरणमा मध्यावधि चुनाव गर्ने समय तोक्नुभएको थियो । मध्या...
बुधबार, चैत्र ०४, २०७७
गलेश्वर । जलवायु परिवर्तन र मानवीय लापरवाहीका कारण यस वर्ष हिमाली जिल्ला म्याग्दीको मध्य र पश्चिमी क्षेत्रमा प्राकृतिक फूल र फल फूल्न तथा फल्न नपाएपछि वसन्त ऋतुको आभाष हुन सकेको छैन । यी क्षेत्रका जङ्गलमा न लालीगुराँस फुलेको छ न चुत्रो, ऐँसेलुजस्ता यस याममा फल्ने वनफल नै फलेका छन् ।
यतिबेला म...
बुधबार, चैत्र ०४, २०७७
काठमाडौँ । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मिर्गौला उपचार गराउन आउने बिरामीको संख्या बढेको छ। पछिल्ला वर्षमा झैँ केही अस्पतालले सो रोगको उपचार सेवा दिन बन्द गरेसँगै यहाँ बिरामीको संख्या बढेको हो।
‘हामीसँग मिर्गौला डायलासिस गर्ने १४ प्रविधि छ, यसमा १२ मेसिन २४सै घण्टा निरन्तर चलाउनुपरिरहेक...
बुधबार, चैत्र ०४, २०७७
सिमिकोट । कर्णाली प्रदेशअन्तर्गत रहेको सामाजिक विकास कार्यालय सिमकोटले प्रकाशन गरेको दलित छात्रवृत्तिमा पर्याप्त निवेदन पेश नभएको पाइएको छ । कार्यालयले २०७७ साल फागुन २९ गते प्रकाशन गरेको दलित छात्रवृत्ति र उच्च शिक्षा तथा अपाङ्ग छात्रवृत्तिमा कसैले पनि आवेदन पेश नगरेको निमित्त सामाजिक विकास अधि...
बुधबार, चैत्र ०४, २०७७
समर्पण श्री,
गमता विकको आँखामा अहिले त्राश पटक्कै छैन । त्राश त त्यतिबेलै हराउन थालेको हो, जतिबेला महिनावारी हुँदा पहिलोपटक उनले अदुवा, पिँडालु र खुर्सानीको बोट छोइन् ।
यसरी छुँदा घरका गाईभैंसी ढलेनन्, देउता रिसाएनन् । सन्तानहरू बिमार परेनन् । अदुवा, पिँडालु र खुर्सानी कुहिएनन् ।
त्यतिमै उनक...
बुधबार, चैत्र ०४, २०७७
काठमाडौँ । मस्तिष्क घात भई नर्भिक अस्पतालमा उपचाररत कांग्रेस नेता एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्था थप गम्भीर बनेको छ ।
हाल उनलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको अस्पतालले बुधबार बिहान प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
फागुन १४ गते अस्पताल भर्ना भएका नेता जोशीको स...
बुधबार, चैत्र ०४, २०७७
खाना खान मन नलाग्ने अपच हुने,खाना नपच्नुलाई अपच वा अजिर्ण भएको भन्ने गरिन्छ । हामी खाने खानामा प्रोटिन, भिटामिन, कार्बोहाइड्रेड, खनिज तथा चिल्लो पदार्थ आदि रहेको हुन्छ ।
त्यसलाई हाम्रो शरीरको भित्री अंग आमासय, आन्द्रा, पाकथैली र मुखमा र्यालसहित टाइलिन, ग्यास्ट्रिक जुस नामक तत्वहरु उत्पादन हुन...
मंगलबार, चैत्र ०३, २०७७
काठमाडौँ । नेपालमा कोरोना भाइरसविरुद्ध दोस्रो चरणको खोप अभियान सञ्चालन भइरहेको छ। ७२ प्रतिशत जनतालाई खोप लगाउने लक्ष्य लिइएकोमा हालसम्म ५ प्रतिशतलाई खोप लगाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
खोप अभियानका लागि सरकारले हालसम्म २३ लाख ४८ हजार खोप नेपाल भित्र्याएको छ। भारतले उपहारस...
मंगलबार, चैत्र ०३, २०७७
सुर्खेत । बलात्कारको झुटो आरोप लगाउने वीरेन्द्रनगरकी ३७ वर्षीया महिलालाई जिल्ला अदालत सुर्खेतले कैद सजायको फैसला गरेको छ।
सोमबार जिल्ला न्यायाधीश डा। राजेन्द्रकुमार आचार्यको एकल इजालसले ती महिलालाई तीन वर्ष ६ महिनाको कैद सजाय गर्ने फैसला गरेको हो ।
वीरेन्द्रनगर नगरपालिकाको लेखा शाखामा कार्यरत खे...
मंगलबार, चैत्र ०३, २०७७
प्रकाश पाक्साँवा,
तेह्रथुम । उमेर बढ्दै जाँदा दाँतको समस्याले सताएर ज्येष्ठ नागरिकहरुले निर्ढुक्क खानेकुरा खान पाउदैनन् । ग्रामीण भेगमा आर्थिक समस्याकै कारण ज्येष्ठ नागरिकहरुले मनको रहर मानुपर्ने अवस्था हुन्छ । तर, यहाँको छथर गाउँपालिकाबासी ज्येष्ठ नागरिकले अहिले त्यो समस्या भोग्नुपरेको छैन ।
ग...
मंगलबार, चैत्र ०३, २०७७
काठमाडौं । काठमाडौं उपत्यकाको सवारी जामले मात्र वार्षिक एक खर्ब १६ अर्बको घाटा हुने एक अध्ययनले देखाएको छ । आर्थिक विषयमा अनुसन्धान गर्दै आएका अर्थशास्त्री शेरजंगबहादुर चन्दले सम्भवतः देशकै पहिलो पटक काठमाडौँ उपत्यकाभित्रको सवारी साधन जामले देशको अर्थशास्त्रलाई कस्तो असर पार्छ भन्ने विषयमा शोधपत...
सोमबार, चैत्र ०२, २०७७
मेनुका ढुगाना,
अछाम । कमलबजार नगरपालिका २ बजुडाकी नरपता विष्ट ४३ वर्षकी भइन् । १३ वर्षको उमेरमा पहिलो पटक महिनावारी भएकी उनी अहिले पनि महिनावारी हुन्छिन् । विवाहपछि उनी पहिलो पटक महिनावारी भएकी थिइन् । ३० वर्षसम्म प्रत्येक महिनाको ६ दिनसम्म गोठमा बसिन् । जिल्लाभरी छाउगोठ भत्काउने अभियान सुरु ...
सोमबार, चैत्र ०२, २०७७
रुपन्देही । राष्ट्रिय दलित पत्रकार संघ नेपालको बुटवलमा जारी प्रथम अधिवेशनले विनोद पहाडीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । पहाडी संघको संस्थापक अध्यक्ष हुन् ।
अधिवेशनले वरिष्ठ उपाध्यक्ष गोपाल बराइली, खुल्ला उपाध्यक्ष मिलन परियार, महिला उपाध्यक्ष कमला रसाइली, प्रदेश उपाध्यक्षमा पर्वत पोर्तेल...
आइतबार, चैत्र ०१, २०७७
हङकङ । हङकङमा गत नोभेम्बरमा भएको आगलागीमा परी मृत्यु भएका तथा घाइते भएका नेपालीका परिवारलाई ङो तेङ फोङ च्यारिटेबल फाउन्डेसनले हङकङ डलर १० लाख जुटाई राहत बाँडेको छ।
प्रोपर्टी डेभलपर साइनो ग्रुपद्वारा स्थापित फाउन्डेसनले विभिन्न संघ/संस्थासँगको सहकार्यमा मृत्यु भएका ८ जनाका परिवारलाई ८० हजार तथा ...
आइतबार, चैत्र ०१, २०७७
काठमाडौँ । नेपालको राजनीति, निजामती र अन्य सेवामा गुरुङहरूको पहुँच र प्रतिनिधित्वको अवस्थाबारे लेखक तथा अध्येता डिबी गुरुङको पुस्तक ‘गुरुङ दर्पण’ सार्वजनिक भएको छ ।
गुरुङले २००७ सालयता राज्य सञ्चालनमा रहेको गुरुङहरूको सहभागिता, पहुँच र प्रतिनिधित्वको बृहत् तथ्यांक संकलन तथा विश्लेषण गरेका छन् ।...
शनिबार, फाल्गुण २९, २०७७
स्वस्थ रहनका लागि हरेक दिन नुहाउन जरुरी छ। दिनहुँ नुहाउने गर्दा शरीरमा फूर्ति आउँछ। सफासुग्घर रहनुका साथै विभिन्न किसिमका संक्रमण तथा रोगबाट पनि बच्न सकिन्छ। नुहाउँदा केही कुरा ध्यान दिन भने जरुरी छ। नत्र त्यसले शरीरमा थप हानी पुर्याउन सक्छ।
नुहाउँदा ध्यान दिनुपर्ने कुराहरु:
गलत साबुनको प...
शुक्रबार, फाल्गुण २८, २०७७
काठमाडौँ । वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा भएको अनियमितताको विषयमा छानविन गर्न गठित समितिले समयसिमा भित्र नै छानबिन गर्न असफल भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फागुन १३ गते प्रमुख जनस्वास्थ्य प्रशासक रीता भण्डारी जोशीको संयोजकत्वमा वीर अस्पतालका उपसचिव दिपक घिमिरे, स्वास्थ्य म...
शुक्रबार, फाल्गुण २८, २०७७
जनकपुर । प्रदेश २ का प्रमुख डा राजेश झाले जनकपुरको एक विद्यालयको निरीक्षण गर्ने क्रममा कक्षा १ का विद्यार्थीलाई पढाएका छन् ।
जनकपुरधाम उपमहानगरपालिकाको वडा नं. ९ स्थित श्री सरस्वती उच्च माविको कक्षा १ का बालबालिकालाई प्रदेश प्रमुख झाले पढाएका हुन् ।
शुक्रवार दिउँसो करिब १ बजे अचानक विद...
बिहिबार, फाल्गुण २७, २०७७
सुर्खेत । दुई सातादेखि भूमि र आवासको माग गर्दै आएका वादी समुदाय र कर्णाली प्रदेश सरकारबीच पाँच बुँदे सहमति भएको छ । यही फागुन १० गतेदेखि खेतीयोग्य भूमि र आवास माग गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि धर्नामा बस्दै आएका वादी समुदायसँग बुधबार बसेको बैठकबाट पाँच बुँदे सहमति भएको हो ।
...
बुधबार, फाल्गुण २६, २०७७
काठमाडौँ । मानवअधिकारकर्मीले अनशनरत गङ्गामाया अधिकारीको जीवन रक्षाको माग गरेका छन्।
आफ्ना छोरा कृष्णप्रसाद अधिकारीको हत्या गरिएको र त्यसमा संलग्नलाई कारबाही गर्नुपर्ने माग गर्दै गङ्गामाया वीर अस्पतालमा अनशनरत छिन्। उनको जीवन रक्षाको लागि मानवअधिकारकर्मीले बुधबार पत्रकार सम्मेलन गरी अपिल गरेका ह...
बुधबार, फाल्गुण २६, २०७७
काठमाडौँ । देशभरमा गरी चालक अनुमतिपत्रका लागि आवेदन दिनेको सङ्ख्या चार लाख ५२ हजार पुगेको छ । यो सङ्ख्या गत पुस २९ देखि अहिलेसम्मको देशभरका यातायात व्यवस्था कार्यालयमार्फत परीक्षामा सहभागी हुन चाहने सेवाग्राहीको हो ।
लामो समयसम्म अवरुद्ध सेवा अहिले खुलेकाले एकै पटक धेरै सेवाग्राहीले भरेको या...
मंगलबार, फाल्गुण २५, २०७७
भक्तपुर । महिला र बालिकामाथि हुने जघन्य प्रकृतिका अपराधमा दोषीलाई मृत्युदण्डको सजाय दिनुपर्ने भक्तपुरमा आयोजित एक कार्यक्रमका सहभागीले बताएका छन् । नेपाल महिला संघ भक्तपुरले गरेको ‘हत्या, हिंसा र बलात्कार निवारणका उपाय’ बिषयक अन्तरक्रिया कार्यक्रममा सहभागीले यस्तो बताएका हुन् ।
कांग्रेसकी केन्द...
मंगलबार, फाल्गुण २५, २०७७
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले आगामी जेठ १३ गतेदेखि २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा सञ्चालन गर्ने भएको छ ।
जेठ १३ गतेदेखि २४ गतेसम्म परीक्षा सञ्चालन गर्ने निर्णय गरेको बोर्डले जनाएको छ ।
गत २६ माघमा बसेको मन्त्रिपरिषद् बैठकले एसईई परीक्षा बोर्डले नै लिने निर्णय ...
मंगलबार, फाल्गुण २५, २०७७
काठमाडौँ । यस वर्षको महाशिवरात्रिमा पशुपतिमा तीनवटा बाहिरी मार्ग हुँदै पशुपतिनाथ मूल मन्दिर परिसरमा प्रवेश गर्न सकिने भएको छ । पशुपति क्षेत्र विकास कोषले आज आयोजना गरेको पत्रकार सम्मेलनमा मित्रपार्क–गौरीघाट, उमाकुण्ड–दक्षिणामूर्ति, हुँदै रुद्रगाडेश्वर उत्तरढोकाबाट एक लाइन, बत्तिसपुतली–गौशाला, त्रि...
सोमबार, फाल्गुण २४, २०७७
गलेश्वर । ‘मैले सात वर्षदेखि आधारभूत तह (कक्षा १-८) मा अङ्ग्रेजी विषय पढाउँदै आएकी छु, तर मेरो तलब सोही तहमा पढाउने शिक्षक (सर) को भन्दा आधा कम छ,’ म्याग्दीको एक निजी तथा संस्थागत विद्यालयमा पढाउने शिक्षिकाले भने, ‘समानता त नारामा मात्रै हो, व्यवहारमा भने अझैसम्म देखिएको छैन ।’
‘मसला बनाउने, रड र...
सोमबार, फाल्गुण २४, २०७७
काठमाडौँ । काठमाडौं महानगरपालिकाले ‘रिचार्ज काठमाडौं, सञ्चालन कार्यविधि-२०७७’ स्वीकृत गरेको छ।
५८औं कार्यपालिका बैठकले सो कार्यविधि स्वीकृत गरेको हो।
यसैगरी बैठकले ‘व्यावसायिक कार्ययोजना बनाउने सहयोग गर्नेसम्बन्धी अवधारणा पत्र’ पनि स्वीकृत गरेको छ।
रिचार्ज काठमाडौं कार्यक्रमअन्तर्गत भूमिग...
आइतबार, फाल्गुण २३, २०७७
काठमाडौं । मानव अधिकार तथा शान्ति समाजको सभापतिमा रुपन्देहीका गोविन्द खनाल निर्विरोध निर्वाचित भएका छन् ।
समाजको २३ औँ राष्ट्रिय परिषद्बाट खनाल सभापतिमा चयन भएका हुन् ।
समाजको वरिष्ठ उपसभापतिमा दाङका सुशील बस्नेत, उपसभापति महिलातर्फ रत्नलक्ष्मी श्रेष्ठ, उपसभापतिमा पाल्पाका कृष्णबहादुर रावल, महास...
आइतबार, फाल्गुण २३, २०७७
काठमाडौं । राष्ट्रिय नागरिक बिकास समाजले १११ औँ नारी दिवस मनाएको छ ।
बिगत ११ बर्ष देखि नारी दिवसको अवसर पारी बिभिन्न कार्यक्रम गर्दै आएको संस्थाले समाजमा बिभिन्न क्षेत्रमा योगदान दिदै आएका महिलाहरुलाई सम्मान गरेको छ ।
संस्थाले ‘राष्ट्रिय नारी मानार्थ सम्मान २०७७’ ले राष्ट्रिय स्तरमा ख्यातिप्राप्...
शुक्रबार, फाल्गुण २१, २०७७
काठमाडौँ । काठमाडौंको माछापोखरी सडक खण्डमा डियुटीमा खटिएका ट्राफिक प्रहरी जवानलाई आर्थिक प्रलोभन दिन खोज्ने एक जना सवारी चालक पक्राउ परेका छन् ।
लापरवाही साथ सवारी साधन चलाएको बा ९४ प १९२७ नम्बरको मोटरसाईकललाई चिट काटेर कारवाही गर्न खोज्दा मोटरसाईकल चालक जिल्ला धादिङ्ग निलकण्ठ नपा–३ बस्ने बर्...
बुधबार, फाल्गुण १९, २०७७
बैतडी । प्रहरीले बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या घटनाको अनुन्धान अन्तिम चरणमा पुर्याएको जनाएको छ ।
उक्त घटनामा संलग्न रहेको आरोपमा प्रहरीले यही फागुन ५ गते चडेपानीकै १६ वर्षीय दिनेश भट्टलाई सार्वजनिक गरेको थियो । भागरथीको गत माघ २१ गते बलात्...
बुधबार, फाल्गुण १९, २०७७
ताप्लेजुङ । ताप्लेजुङको फुङ्लिङ बजारमा प्रत्येक वर्ष जसाे ठूला–ठूला आगलागीका घटना भइरहेका छन् । ती आगलागीका घटनाबाट पछिल्लो १७ वर्षमा आगलागीबाट ३९३ परिवार विस्थापित हुन पुगेको र १५२ घर जलेर नष्ट भएका छन् ।
वि.सं २०६० चैत १५ गते वीरेन्द्रचोक क्षेत्रमा भएको आगलागीमा ४५ घर जलेर नष्ट हुँदा १२९ पर...
बुधबार, फाल्गुण १९, २०७७
बेइजिङ । कोरोना भाइरसको उद्गम मुलुक चीनको राजधानी बेइजिङमा ५० लाखभन्दा बढीले त्यसविरुद्धको खोप लगाएका छन्।
तीमध्ये २६ लाख ४० हजारजनाले दोस्रो चरणको खोप लिइसकेको बेइजिङ नगर सरकारले जनाएको छ।
गत १ जनवरीदेखि बेइजिङमा कोभिड-१९ विरुद्ध खोप दिन थालिएको हो। भन्सार निरीक्षकहरू लगायत फ्रन्टलाइनमा खटिएका...
बुधबार, फाल्गुण १९, २०७७
काठमाडौँ । मोटिभेस्नल स्पीकरको रुपमा चर्चा कमाएकी ‘ब्लाईण्ड रक्स्’ सृष्टि केसी टेलिभिजन प्रस्तोताको रुपमा उदाएकी छिन्।
मर्यादा मिडीया प्रालिको प्रस्तुती टेलिभिजन कार्यक्रम ‘सृष्टिसँग दृष्टि’ लिएर उनी काँचको पर्दामा देखा पर्न लागेकी हुन्।
विभिन्न उतार चढाव र संघर्षलाई चिर्दै सार्वजनिक जीवनमा योगद...
मंगलबार, फाल्गुण १८, २०७७
काठमाडौं । सरकारले फागुन २३ गतेबाट दोस्रो चरणको खोप अभियान अघि सारेको छ ।भारतको सेरम इन्स्टिच्युटबाट सरकारले खरिद गरेको २० लाख डोज खोप देशभरका ६ हजार भन्दा बढी खोप केन्द्रबाट लगाइने भएको हो ।
यो खोप सुरुमा ५५ वर्षभन्दा माथि उमेर समूहका नागरिकलाई लगाइने भएको छ ।
खोप लगाउने स्थानहरु
प्रत्येक स्था...
मंगलबार, फाल्गुण १८, २०७७
काठमाडौँ । प्रसिद्ध समाजसेवी तथा राजनीतिज्ञ मित्रसेन दाहालको स्मृतिमा ५ करोडको अक्षयकोष स्थापना गरिने भएको छ ।
मंगलबार दाहालको १३ औं दिनको पुन्यतिथिमा ५ करोडको अक्षयकोष स्थापना गर्ने दाहाल परिवारले घोषणा गरेको हो ।
दाहालले गरेको सामाजिक कार्यलाई सार्थकता तुल्याउन मित्रसेन दाहाल जेष्ठ नागरि...
आइतबार, फाल्गुण १६, २०७७
काठमाडौं । पुर्वसांसद तथा कांग्रेस झापाका नेता डा.शंकरप्रसाद उप्रेतीको निधन भएको छ । लेखक तथा प्राध्यापक डा. सञ्जीव उप्रेतीका पिता डा. उप्रेतीको शनिबार राति काठमाडौंमा निधन भएको हो ।
उप्रेती ०४६ सालको परिवर्तनपछि कांग्रेसका तर्फबाट छ वर्षसम्म राष्ट्रिय सभाको सदस्य भएका थिए । पञ्चाय विरोधी आन्दोलन...
आइतबार, फाल्गुण १६, २०७७
काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले दलितले छोएको दही खाएको निहुँमा अघोषितरूपमा सामाजिक बहिष्करणमा पारिएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ का ७७ वर्षीय टङ्कप्रसाद आचार्यलाई न्याय र सुरक्षाको प्रत्याभूति दिलाउन प्रशासन तथा स्थानीय सरकारलाई आग्रह गरेको छ ।
छुवाछूतमुक्त समाज निर्माणका लागि ...
आइतबार, फाल्गुण १६, २०७७
महाेत्तरी । बर्दिवास नगरपालिका–३ गौरीडाँडास्थित जनता माविका शिक्षक नेत्रबहादुर रम्तेलमाथि एक अभिभावकले जातीय दुव्र्यवहार गर्दै कुटपिट गरेका छन् । गौरीडाँडाकै मनीष अर्यालले शिक्षक रम्तेलमाथि जातिसूचक शब्दहरू प्रयोग गरी दुव्र्यवहार गर्दै कुटेका हुन् ।
शिक्षक रम्तेलले शुक्रबार आफूमाथि भएको जातीय...
आइतबार, फाल्गुण १६, २०७७
अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका-१ साम्नेगाउँमा पहिलो पटक बस पुगेपछि स्थानीयवासीले पञ्चेबाजा बजाएर नाचगान गरेका छन् ।
साम्नेगाउँको छेँडापोखरीमा पहिलो पटक लु २ ख ४९३२ नम्बरको बस पुगेपछि स्थानीयले चालक र सहचालकलाई बाजागाजासहित फूलमाला र अबिरले स्वागत गरेका हुन् ।
स्थानीयले २०६१ स...
बुधबार, फाल्गुण १२, २०७७
काठमाडौ । काठमाडौं महानगरपालिकाले आफू मातहत रहेका विद्यालयमा स्थानीय भाषा पठनपाठन गराउन १७२ नयाँ शिक्षक नियुक्ति गर्ने तयारी गरेको छ।
संवैधानिक व्यवस्थाअनुरूप अनिवार्यरूपमा १०० नम्बरको एक विषय अध्ययन(अध्यापन गराउन सकिने व्यवस्था गरिएको छ। सोहीअनुरूप कामपाले स्थानीय भाषा पठनपाठनका लागि नयाँ शिक्षक...
बुधबार, फाल्गुण १२, २०७७
काठमाडौँ।स्मार्टफोन, ल्यापटप, कम्प्युटर, ट्यावलेट जस्ता ग्याजेटसँग हामी निकै नजिक छौँ । आजभोलि हाम्रो दैनिकी यिनै ग्याजेटबाट सुरु भएर ग्याजेटमै अन्त्य हुन्छ । सामान्यतया दिनमा कति समय यस्ता ग्याजेट ९इलेक्टोनिक उपकरण०मा समय बित्छ हामीलाई पत्तै हुँदैन ।
अत्याधिक स्क्रिन समय बिताउँदा धेरैलाई वि...
मंगलबार, फाल्गुण ११, २०७७
काठमाडौं । सीमापार जयनगर कुर्था (जनकपुर) रेलमार्ग सञ्चालनका लागि सरकारले रेल्वे अध्यादेश ल्याउने त्यारी गरेको छ । त्यसको तयारी लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आवश्यक पहल अघि बढाएको स्रोतले जानकारी दिएको छ ।
पछिल्ला दिनमा उद्घाटन र शिलान्यासमा केन्द्रित भएको सरकारले साढे ५ महिनादे...
मंगलबार, फाल्गुण ११, २०७७
विराटनगर । प्रतिनिधिसभा विघटनको विरोधमा सोमबार दलित समुदायले प्रदेश १ को राजधानी विराटनगरमा प्रदर्शन गरेको छ । नेपाल दलित मुक्ति संगठनको नेतृत्वमा प्रदर्शन भएको हो ।
विराटनगरको तीनपैनीबाट निस्किएको जुलुसले प्रतिगमनको विरोधमा नाराबाजी गर्दै विराटनगर बजार परिक्रमा गरी ट्राफिक चोकमा पुगेर कोणसभा ग...
सोमबार, फाल्गुण १०, २०७७
काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले सुदूरपश्चिमको गुमेको भूभाग फिर्ता ल्याउनका लागि तथ्य र प्रमाणका आधारमा भारतसँग अनौपचारिक वार्ता भइरहेको बताएका छन् ।वेदकोट नगरपालिका–२, छेलामा दैजी छेला औद्योगिक क्षेत्रको आज अपराह्न शिलान्यास गर्दै उनले गुमेको नेपालको भूभाग फिर्ता ल्याएरै छाड्ने दृ...
सोमबार, फाल्गुण १०, २०७७
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले उपत्यकाका नगरपालिकाहरूलाई रमणीय र घुम्न योग्य पार्क बनाउन आर्थिक सहयोग गर्दै आएको छ । स्रोतका अनुसार ७ नगरले पार्कको काम थालनी गरे पनि ,लामो समय बितिसक्दा पनि तीन वटा नगरले रमणीय र घुम्न योग्य पार्क बनाउने कामको थालनी समेत गरेका छैनन् ।
कीर्तिपुरमा ‘युद्ध स्...
सोमबार, फाल्गुण १०, २०७७
बागलुङ । कृषि ज्ञान केन्द्र बागलुङमा स्थापना भएसँगै योजना कार्यान्वयन शुरु गरेको छ । एक महिनाअघि मात्रै बागलुङमा स्थापना भएको कृषि ज्ञान केन्द्र बागलुङले २२१ साना ठूला कृषि फर्मलाई अनुदान दिनका लागि प्रस्ताव स्वीकृत गरेको छ ।
केन्द्रले बागलुङमा आर्थिक वर्ष २०७७÷७८ का लागि अनुदानका लागि प्रस्ताव...
सोमबार, फाल्गुण १०, २०७७
तेह्रथुम । तेह्रथुमको आठराई गाउँपालिका–२, खाम्लालुङ्गमा फुटबल स्तम्भ राख्ने तयारी भएको छ । स्तम्भको अनावरणकै सन्दर्भमा फुटबल स्तम्भ उद्घाटन मेला सञ्चालन हुने भएको छ ।
कालिका आधारभुत विद्यालयको मैदानमा सञ्चालन हुने मेलामा गजेन्द्र इस्बो स्मृति रनिङ फुटबल कप, विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्...
सोमबार, फाल्गुण १०, २०७७
काभ्रे । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकाले नगरपालिकाभित्र रहेका विभिन्न कारणले आमाबुबा गुमाएका १८ वर्षभन्दा मुनिका बालबालिकालाई ‘आमाबुबाविहीन बालबालिकाको संरक्षण कार्यक्रम’ अन्तर्गत सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ । बनेपा नगरपालिका र वाग्मती प्रदेश सरकारको संयुक्त आयोजनामा आमाबुबाविहीन १२ ...
सोमबार, फाल्गुण १०, २०७७
सुर्खेत । वीरेन्द्रनगर–१० की कमला परियार मुक्त हलिया हुन् । उनको परिवार त्यहाँका एक जमिनदारको घरमा हलिया बसेको थियो । उनका दुई छोरी र एक छोरा छन् । श्रीमान् ज्याला मजदूरी गर्छन् । उनी पनि श्रीमानसँग ज्याला मजदूरी गरेर छोराछोरीलाई लालनपालनमा सघाइरहेकी छिन् । उनको नाउँमा एक मिटर पनि जग्गा छैन । न त ...
सोमबार, फाल्गुण १०, २०७७
कर्णाली । सुर्खेत वीरेन्द्रनगरकी १८ वर्षीया एक किशोरीको क्याम्पसकै सहपाठी साथीसँग पे्रम सम्बन्ध थियो । बिहे गर्ने वाचासँगै उनीहरुबीचको प्रेम सम्बन्ध दरिलो हुँदै थियो । जब प्रेमीले किशोरीको पेटमा गर्भ रहन गएको थाहा पाए, त्यसपछि विस्तारै टाढिँदै गए । अन्ततः उनीहरुबीच प्रेम सम्बन्ध टिकेन । प्रेमीले ध...
आइतबार, फाल्गुण ०९, २०७७
फागुन १० गतेदेखि १२ गतेसम्म राष्ट्रिय परिचयपत्रको लागि इलाममा अभियान सञ्चालन गरेर विवरण सङ्कलन गर्ने त्यारी गरिएको छ ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट खटिएका कर्मचारीले वडावडासम्म पुगेर परिचयपत्रका लागि व्यक्तिगत र जैविक तथ्याङक सङ्कलन गर्नेछन् ।
एउटा वडामा बढीमा चार वटासम्म एकाइ...
आइतबार, फाल्गुण ०९, २०७७
काठमाडौं । म्यानमारमा सैनिक ‘कू’को विरोध गर्नेहरुमाथि सुरक्षा बलले चलाएको गोली लागेर दुई जनाको मृत्यु भएको छ ।
शनिबार सुरक्षाकर्मीले देशको दोस्रो ठूलो शहर माण्डलेमा गोली चलाउँदा दुई जना प्रदर्शनकारीको मृत्यु भएको हो ।
यसअघि पनि प्रदर्शनकारीको एक र्यालीमा सुरक्षाकर्मीले गोली चलाउँदा ...
शनिबार, फाल्गुण ०८, २०७७
विराटनगर नेपाल कम्युनिष्ट पार्टी नेकपा ओली समूहको विराटनगरमा आज शनिवार विसाल जनसभा सम्पन्न भएको छ।
करिब दुई लाख कार्यकर्ता उतार्ने दाबी उनीहरूको भए पनि जिल्ला प्रहरी कार्यालय मोरङको आकलनअनुसार करिब ५० हजार कार्यकर्ता भेला भएका प्रहरीले जनाएको छ।
विराटनगरस्थित विराट नर्सिङ होम छेउको ख...
शनिबार, फाल्गुण ०८, २०७७
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पुर्वउद्योग मन्त्री नवीन्द्रराज जोशीले पार्टी र देशको राजनीतिमा युवाको आकर्षण घटेकाप्रति चिन्ता व्यक्त गर्दै युवासँग संवादको कार्यक्रम थालेका छन् ।
‘कांग्रेसमा मात्रै होइन, अहिले राजनीतिमै युवाको आकर्षण घटेको आभाष हुन्छ, पार्टीको १४ औँ महाधिवेश...
शनिबार, फाल्गुण ०८, २०७७
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद बडुले आगामी महाधिवेशनबाट कांग्रेसमा युवा नेतृत्व, युवाको चाहाना र भावनाको सम्बोधन हुने बताएका छन् । ‘१४ औँ महाधिवेशन आउँदैछ, अबको नेतृत्व राम्रो हुन्छ, युवासँग समन्वयात्मक नेतृत्व आउँछ, महाधिवेशनले युवा र युवाहरुलाई आगामी महाधिवेशनले स...
शनिबार, फाल्गुण ०८, २०७७
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग रु छ लाख घुस लिएको अभियोगमा मालपोत कार्यालय बाराका प्रमुख मनोजकुमार खनाल र लेखापढी व्यवसायी बद्रीप्रसाद बडाललाई पक्राउ गरेको छ ।
आयोगका प्रवक्ता नारायणप्रसाद रिसालका अनुसार सेवाग्राहीले खरिद गर्न लागेको जग्गा श्रम विभागमा रोक्का छ भनी सर्...
शनिबार, फाल्गुण ०८, २०७७
काठमाडौं-सरकारले सर्वोच्चका न्यायाधीश र प्रमुख निर्वाचन आयुक्तलाई ‘विषेश सुरक्षा’ व्यवस्था गरेको छ। पूर्व प्रधानमन्त्रीलगायत विभिन्न दलका नेताहरुको सुरक्षा व्यवस्था कटौती गरेपनि सरकारले संवैधानिक निकायका पदाधिकारीहरुको भने विशेष सुरक्षा व्यवस्था गरेको हो।
सर्वोच्च अदालतका न्यायाधीश तथा ...
शनिबार, फाल्गुण ०८, २०७७
हामीले सानैबाट फिल्म, टेलिभिजन सुन्दै हर्दै आएका छौँ पछिल्ला केही दशकयता आफैले टेलिफोन उठाउने बित्तिकै प्रयोग गर्दै आएको शब्द हो, ‘हेल्लो’ । हेल्लो भन्ने शब्द दुई पक्ष बाट नै आउछ हामी फोन उठाउन शाथ एकअर्कामा गफ गर्नु अगि पनि हेल्लो भन्ने शब्दको प्रयोग गर्ने गरेका छौँ चाहे त्यो शुखको क्षण स...
शनिबार, फाल्गुण ०८, २०७७
आलु, हाम्रो भान्सामा प्रयोग हुने आम तरकारी हो । यसको स्वाद मात्र नभई यसमा पाइने पोषणले हाम्रो शरीरमा फाइदा पुर्याउँछ ।
कतिपय मानिसहरु भने आलु खाए मोटाइन्छ भनेर आलुको सेवनबाट टाढा रहन्छन् । तर अध्ययनले के भन्छ त रु
केही वर्षअघि भएको एक अध्ययन अनुसार आलु खादैमा मोटाइदैन । तर यसलाई तेल...
शनिबार, फाल्गुण ०८, २०७७
काठमाडौँ– गायक प्रताप दासको स्वरमा रहेको गीत ‘हँसाउने उही छ’को भिडियो सार्वजनिक भएको छ । गीतमा चन्द्र प्रसाई ‘परिस्कृत’को शब्द तथा राजेन्द्र सुबेदीको संगीत छ ।
देवेन्द्र पाण्डेको निर्देशन रहेको भिडियोमा पुष्पराज पुरुष, उत्तम केसी, बाल कलाकार सदुर्श चुडाल, प्रत्युष विमलीलगायतको अभिनय छ ।
भि...
शनिबार, फाल्गुण ०८, २०७७
जाडो मौसममा खाइने फल हो, बदाम । जाडोमा घाममा बसेर सुन्तलासंग बदाम खानुको मज्जा छुट्टै हुन्छ । यसमा पर्याप्त मात्रामा पौष्टिक तत्व पाइन्छ । यसले शरीरमा विभिन्न लाभहरु पुर्याउँछ । के के हुन् ती लाभ स्
१। तौल नियन्त्रण
बदाम खाँदा पेट छिटो डुम्म हुने भएकोले अन्य क्यालोरियुक्त चिल्लो खानेकु...
शनिबार, फाल्गुण ०८, २०७७
काठमाडौँ /नेपालबाट अवैधरुपमा भारततर्फ पेट्रोलियम पदार्थको चोरी निकासी हुन थालेपछि नेपाल आयल निगमले सीमा क्षेत्रका पेट्रोल पम्पबाट हुने इन्धन बिक्रीमा कडाइ गर्ने भएको छ । निगमले आज सबै प्रादेशिक कार्यालयलाई परिपत्र गर्दै सीमा नाकामा हुने पेट्रोलियम पदार्थको अपचलन नियन्त्रणको कार्ययोजना कार्यान्वय...
शुक्रबार, फाल्गुण ०७, २०७७
गुल्मीको रेसुङ्गा नगरपालिकाले प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको शुभारम्भ गरेको छ । नगरपालिकाले आर्थिक वर्ष २०७७-०७८ को लागि प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा लिइएको हो ।
नगरका न्युुन आर्थिक भएका नागरिकहरुको छनोट गरी रोजगार दिन लागिएको नगरपालिकाले जनाएको छ । आफ्नो नगरमा रहेका आर्थिक स्थिती कमज...
बिहिबार, फाल्गुण ०६, २०७७
दोहा । नेपालीहरुको रोजगारीको प्रमुख गन्तब्य कतारमा एक लाखभन्दा बढीले कोरोना(कोभिड–१९)बिरुद्धको खोप लगाएका छन् ।
कतारको स्वास्थ्य मन्त्रालयका एक वरिष्ठ अधिकारीले दिएको जानकारी अनुसार खोप शुरू भएदेखि अहिलेसम्म एक लाखभन्दा बढी मानिसहरूले कोभिड–१९ बिरुद्धको खोप प्राप्त गरिसकेको बताए ।
‘खोपको लागि मा...
मंगलबार, फाल्गुण ०४, २०७७
काठमाडौं । सामाजिक अभियन्ता सपना रोका मगरलाई अभद्र व्यवहार गरेको आरोपमा विनयजङ्ग बस्ने पक्राउ परेका छन् ।
विनयजङ्गले सपनालाई अभद्र व्यवहार गरेको उजुरी परेपछि महानगरीय प्रहरी अपराध महाशाखाले मंगलबार उनलाई पक्राउ गरेको हो । सपनाले आइतबार उजुरी दर्ता गराएकी थिइन् । मंगलबार प्रहरीले बस्नेतलाई गाेंगबु...
सोमबार, फाल्गुण ०३, २०७७
काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौ उपत्यकाको ट्राफिक व्यवस्थापनलाई चुस्त, दुरूस्त तथा सहज बनाउने उद्देश्यका साथ ट्राफिक स्वयंसेवक परिचालन गरेको छ ।
महाशाखा र उपत्यकास्थित सामुदायिक सेवा केन्द्रको सहकार्यमा ३०० जना ट्राफिक स्वयंसेवकलाई प्रशिक्षण गरि काठमाडौँका विभिन्न चोक जक्सन, ...
सोमबार, फाल्गुण ०३, २०७७
काठमाडौं । सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको रासनभत्ता बढाउने भएको छ।
रासनभत्ता पुनरवलोकन सम्बन्धमा गृह मन्त्रालयका सहसचिव थानेश्वर गौतमको नेतृत्वमा बनेको कार्यदलले तयार पारेको प्रतिवेदन ग्रहण गर्दै गृहमन्त्री रामबहादुर थापाले प्रतिवेदनको सिफारिसअनुसार तत्काल रासनभत्ता वृद्धिका लागि ...
शनिबार, फाल्गुण ०१, २०७७
इलाम । दातृ निकायको सहयोगमा इलाममा ४३ वटा सिँचाइ आयोजना निर्माणाधीन तथा निर्माण हुने चरणमा रहेका छन्।
गत दुई वर्षयता १६ सिँचाइ आयोजना निर्माण हुँदै छन् भने थप २७ वटा आयोजना निर्माण हुने भएका छन्। नयाँ आयोजनाका लागि बजेट विनियोजन भएर निर्माणको प्रक्रिया थालिएको छ।
नेपाल सरकार र स्वीस सरकारको सा...
बिहिबार, माघ २९, २०७७
मेक्सिकोको औषधि व्यवस्थापनसम्बन्धी नियामक निकायले कोभिड– १९ विरुद्ध चीनमा विकास गरिएका दुई खोपलाई स्वीकृति प्रदान गरेको छ । मेक्सिकोका स्वास्थ्य अधिकारीहरूका अनुसार स्वीकृत खोपहरूमध्ये क्यानसिनो बायोलजिक्स र सिनोभ्याक कम्पनीले विकास गरेको कोरोनाभ्याक रहेका छन् ।
मेक्सिकोमा कोरोना भाइरस संक्रमणसँग...
बिहिबार, माघ २९, २०७७
काठमाडौँ । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको सहयोग तथा सोही संस्था र नेपाल पत्रकार महासंघको सहकार्यमा भूकम्पबाट अति प्रभावित १४ जिल्लाका पत्रकारहरुलाई ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल–पुनर्निर्माण र पुनर्स्थापना लेखनवृत्ति सम्मान प्रदान गरिने भएकाे छ।
नेपालमा २०७२ वैशाख १२ र २९ गते गएको विनाशक...
बुधबार, माघ २८, २०७७
सुर्खेत । कर्णाली प्रदेशका सात जिल्लामा कोभिड–१९ का सक्रिय संक्रमितको संख्या शून्यमा झरेको छ।
सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार कर्णालीका दैलेख, जाजरकोट, सल्यान, रुकुम–पश्चिम, कालीकोट, हुम्ला र मुगु जिल्लामा कोरोना संक्रमिितको संख्या शून्यमा झरेको हो।
दैलेखमा एक हजा...
मंगलबार, माघ २७, २०७७
काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले भागरथी भट्टको बलात्कारपछि हत्याको घटनामा दुःख व्यक्त गर्दै अब छिट्टै हत्यारा पत्ता लाग्ने बताएका छन् । ‘यो घटना निर्मला पन्तको जस्तो जटिल प्रकृतिको छैन, विज्ञ सहितको अनुसन्धान टोली खटिएको छ, छिट्टै दोषी पत्ता लाग्छ, सरकारले दोषीलाई कारवाहीको प्रक्रिया...
सोमबार, माघ २६, २०७७
काठमाडौँ । तेह्रथुमका सात जना पत्रकारहरु पुरस्कृत भएका छन् । नेपाल पत्रकार महासंघ, तेह्रथुम शाखाले आफ्नो साधारण सभाको सन्दर्भमा विभिन्न पुरस्कारहरुबाट पत्रकारहरुलाई पुरस्कृत गरेको हो ।
महासंघले तेह्रथुम क्रियाशील पत्रकारिता पुरस्कारबाट अन्नपूर्ण पोष्टका संवाददाता टीआर लिम्बू र प्राइम टाइम्स टेलिभ...
सोमबार, माघ २६, २०७७
काठमाडौं । सरकारले राष्ट्रिय युवा परिषद्लाई पूर्णता दिएको छ । युवा तथा खेलकुद मन्त्रालयको मन्त्रिस्तरीय निर्णयबाट विभिन्न क्षेत्रका २५ जना सदस्यहरु समेटेर बोर्डलाई पूर्णता दिइएको हो ।
परिषद्को कार्यकारी अध्यक्षमा यसअघि नै माधव ढुंगेल नियुक्त भइसकेका छन् । परिषद्लाई पूर्ण समावेशी समानुपाति...
सोमबार, माघ २६, २०७७
भक्तपुर । प्रेस सङ्गठन नेपाल भक्तपुरको संयोजकमा हेमराज ढकाल चयन भएका छन् ।
उपत्यका प्रदेश कमिटीको बैठकले भक्तपुरको संयोजकमा ढकाल र सहसंयोजकमा अन्जना शिल्पकारलाई चयन गरेको छ ।
काठमाडौँ जिल्लाको संयोजकमा पुकार तिमिल्सना, सहसंयोजकद्धयमा ज्योति जिसी र नूरराज कँडेल रहेका छन् ।
ललितपुर जिल्लाको...
सोमबार, माघ २६, २०७७
काठमाडौँ । मानव अधिकार तथा शान्ति समाज तेह्रथुमको सभापतिमा टिकाराम खुलाल चयन भएका छन् ।
शाखाको सातौँ साधारण सभा तथा चौथौ जिल्ला अधिवेशनले खुलालको सभापतित्वमा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
समाजको उपसभापतिमा डिल्लीराम रेग्मी, सचिवमा डिकबहादुर बराल, सहसचिवमा शंकर जोशी र कोषाध्यक्षमा विम...
सोमबार, माघ २६, २०७७
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भोलि (सोमबार) देखि कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप अग्रपङ्क्तिमा काम गर्ने पत्रकारलाई उपलब्ध गराउने भएको छ ।
भारत सरकारले अनुदानमा उपलब्ध गराएको उक्त खोप पहिलो चरणमा प्राथमिकतामा परेका व्यक्तिलाई लगाइएपछि पत्रकारलाई लगाउने तयारी भएको हो । मन्त...
शनिबार, माघ २४, २०७७
काठमाडौं । गायक नवीन कार्कीको एकल स्वर रहेको श्रव्य सङ्ग्रह 'नवीन' को शनिवार एक समारोहमा सार्वजनिक गरिएको छ । नेपाल सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधी मन्त्री पार्वत गुरूङले सो एल्वम सार्वजनिक गरेका हुन् ।
लोक तथा आधुनिक गरी ८ वटा गीतहरू रहेको 'नवीन' सङ्ग्रहमा स्वर्गीय रत्न...
शुक्रबार, माघ २३, २०७७
काठमाडौँ । चीनले नेपाललाई ५ लाख डोज कोभिड खोप प्रदान गर्ने भएको छ।
आज शुक्रबार साँझ परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र उनका चिनियाँ समकक्षी वाङ यीबीच भएको टेलिफोन वार्ताका क्रममा चिनियाँ मन्त्री तथा स्टेट काउन्सिलर वाङले सो सहयोगको घोषणा गरेका हुन्।
यसअघि ३ लाख डोज दिने भनी नेपालस्थित चिनिय...
शुक्रबार, माघ २३, २०७७
रविन्द्र मिश्र,
जसका नाममा म यो पत्र लेख्दैछु, सम्भवत: ती युवाले यो पत्र पढ्ने छैनन्। पढिहाले भने तिनले ममाथि सायद गालीको वर्षा गर्नेछन्। जो युवाले यो पत्र पढ्ने लगभग निश्चित छ, तिनका लागि यो लेखिएकै होइन।
थोरै विडम्बनाको स्थितिबाट मैले यो पत्र सुरू गरेँ। जो यस्ता सामग्री पढ्दैनन् र पढे पनि अस...
बुधबार, माघ २१, २०७७
मोरङ । विराटनगर–५ को कलरुवा टोलकी चन्द्रादेवी राम २३ वर्षकी भइन्। उनका दुई छोरी छन्। जेठी छोरी ३ वर्ष र कान्छी १ वर्षकी छन्।
विवाह गरेको ४ वर्ष वितिसकेको छ। उनको विवाह दर्ता भएको छैन। श्रीमान्ले नागरिकता पनि बनाइदिएका छैनन्। दुवै छोरीको जन्मदर्ता पनि भएको छैन। जेठी छोरी विद्यालय जाने उमेर हुन...
सोमबार, माघ १९, २०७७
काठमाडौँ । कोभिड–१९ विरुद्धको कोभिशिल्ड खोप आज छैटौँ दिनसम्म १ लाख १३ हजार १७५ जनाले लगाएका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमका अनुसार प्रदेश नं १ मा १५ हजार ३२९, प्रदेश नं २ मा १५ हजार २४, वाग्मती प्रदेशमा ४० हजार २७२, गण्डकी प्रदेशमा १३ हजार ९२२ जना, लुम...