तेह्रथुम । नेवा देय दबुका केन्द्रिय अध्यक्ष नरेशकुमार ताम्राकारले सरकारले नेवारी समुदाय र नेवारी संस्कृतिलाई वेवास्ता गरेको बताउनुभएको छ । अध्यक्ष ताम्राकारले नेवारी समुदायको सांस्कृतिक महत्वलाई सरकारले अपहेलना गरेको गुनासो गर्नुभयो । उहाँले नेवारी समुदायले मनाउने पर्व र सांस्कृतिक महत्वका दिनमा सार्वजनिक विदा नदिने गरेको बताउनुभयो । झिँगु परोकार समाज तेह्रथुमको साताैँ वार्षिक साधारण सभा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ताम्राकारले यस्तो बताउनुभएको हो ।
कार्यक्रममा जिल्ला समन्वय समिति तेह्रथुमका प्रमुख शिवप्रसाद ढुंगाना, म्याङलुङ्ग नगरपालिकाका प्रमुख सन्जयकुमार तुम्बाहाम्फे, पुर्वसांसद तेजमान तुम्बाहाम्फे, नेपाल कम्प्युनिष्ट पार्टीका भुपतिलाल श्रेष्ठ, नेपाली कांग्रेसका जिल्ला सभापति गोविन्द ढुंगाना, नेवा देय दबुका क्षेत्रीय संयोजक सोमबहादुर श्रेष्ठ, केन्द्रीय सदस्य अनिल मास्के, किराँत राई यायोख्खाका अध्यक्ष मानबहादुर राई, नेवा देय दबुका पुर्वकेन्द्रिय उपाध्यक्ष नवीन शाक्य र झापाका प्रतिनिधि इन्द्र श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । साधारण सभामा झिँगु परोपकार समाजका सचिव राजेशराज जोशीले संस्थाको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
यसैबीच तेह्रथुममा पनि नेवारी समुदायमा सांस्कृतिक महत्व राख्ने धिमे बाजाको अनावरण गरिएको छ । नेवारहरुको सांस्कृतिक बाजाको रुपमा पहिचान बनाएको सो बाजा तेह्रथुममा भने पहिलो पटक बजाउन थालिएको हो । बाजा बजाउनका लागि एक महिनासम्म तालिम प्रदान गरी दक्ष बनाइएको र आज सो तालिम समापन गरी बाजा बजाएर बजारमा प्रदर्शन गरिएको थियो ।
झिँगु परोपकार समाज र मिसा पुःचको संयुक्त आयोजनामा भएको तालिममा सहभागीलाई धिमे बाजाका प्रशिक्षक धर्म मुनिकारले एक महिनासम्म सहजीकरण गर्नुभएको थियो । तालिममा तेह्रथुममा रहेका नयाँ पुस्ताका युवा कलाकारहरुलाई बाजा बजाउन सिकाइएको थियो ।
यसैबीच झिँगु परोपकार समाजको अध्यक्षमा पुनः शुभभगत प्रधानाङ्ग चयन हुनुभएको छ । आजै सम्पन्न भएको अधिवेशनले प्रधानाङ्गको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । समाजको उपाध्यक्षमा गोविन्दराज श्रेष्ठ, सचिवमा राजेशराज जोशी, कोषाध्यक्षमा रश्मिना अमात्य र सहसचिवमा कृष्णकुमार श्रेष्ठ चयन हुनुभएको छ । यस्तै सोही अवसरमा नेवारहरुको राष्ट्रव्यापी संगठन नेवा देय दबुको समेत जिल्ला शाखा गठन भएको छ ।
शुभभगत प्रधानाङ्गको अध्यक्षतामा गठन भएको सो समितिको उपाध्यक्षमा राधादेवी प्रधान, सचिवमा गोविन्दराज श्रेष्ठ, कोषाध्यक्षमा खिलेश्वर श्रेष्ठ र सहसचिवमा छत्र श्रेष्ठ चयन हुनुभएको छ । १५ सदस्यीय समितिको सदस्यहरुमा धनमाया श्रेष्ठ, रामकुमार श्रेष्ठ, युवराज शैयाजु, शेरबहादुर श्रेष्ठ, प्रकाश श्रेष्ठ, विजयमान श्रेष्ठ, देवराज श्रेष्ठ, मनबहादुर श्रेष्ठ, श्रीलक्ष्मी श्रेष्ठ र जयकुमार श्रेष्ठ चयन हुनुभएको छ । यस्तै नेवा देय दबुको राष्ट्रिय परिषद् सदस्यमा नारायण लाल श्रेष्ठ र प्रदेश समिति सदस्यमा भुवननारायण श्रेष्ठ चयन हुनुभएको छ