मोरङ, १० जेठ – बुद्ध एयरले आउँदो जेठ १८ गतेदेखि विराटनगरबाट पहिलो उडान भर्ने भएको छ ।
अघिल्लो दिन साँझ विराटनगर आएर बसेको जहाज भोलिपल्ट बिहान ७ बजे नै उडान गर्ने गरी तयारी थालेको हो । जेठ १८ गतेदेखि विराटनगरबाट काठमाडौंका लागि बिहान ७ बजे नै उडान हुने बुद्ध एयर विराटनगरका स्टेशन म्यानेजर कौशल भण्डारीले जानकारी दिनुभयो ।
अघिल्लो दिन बेलुका ६ बजे काठमाडौंबाट उडेको जहाज राति विराटनगरमा बस्नेछ । भोलिपल्ट जहाजले त्यहाँका बिहानका यात्रुलाई ७ बजे उडाउने उहाँको भनाई छ । विराटनगरको लागि यो पहिलो प्रयोग हो । मौसमको खराबी बाहेक वुद्ध एयरले जेठ १८ गतेदेखि नियमित रुपमा बिहान ७ बजे उडान गर्न लागेको हो ।