कृषि र पशुपालन व्यवसायमास्वरोजगार बनाउन आठराई गाउँपालिका–७, थोक्लुङ स्थित कन्चनजंघा बचत तथा ऋण सहकारी सस्थाका युवाहरुलाई १५ लाख रुपैयाँ लगानी गरिएको छ । नेपाल सरकारको युवा तथा साना व्यवसायी स्वरोजगार कोषबाट सहकारीले सम्झौता गरेको ३० लाखमध्ये पहिलो किस्ताबापत् प्राप्त भएको १५ लाख रुपैयाँ लगानी गरिएको सहकारी संस्थाका अध्यक्ष अभिनारायण पराजुलीले बताउनुभयो ।

पहिलो किस्ताको रकम प्रस्तावनामा आधारित भई व्यवसायिक बन्न चाहने १८ देखि ४० वर्ष ननाघेका युवाहरुलाई लगानी गरिएको अध्यक्ष पराजुलीले बताउनुभयो । ०६८ सालमा दर्ता भएको सहकारी संस्थाको हाल कुल पुँजी ३५ लाख रुपैयाँ रहेको सहकारी सस्थाका व्यवस्थापक डिल्लीराज धमलाले बताउनुभयो । सहकारी संस्थामा ५ सय ९३ जना सेयर सदस्यहरु रहेका स्थानीय राम लिम्बुले जानकारी दिनुभएको छ ।

तपाईको प्रतिक्रिया