तेह्रथुम । नेपाल लाइफ इन्सुरेन्स कम्पनीको तेह्रथुम शाखाले अब शाखा कार्यालयबाटै दाबी भुक्तानी गर्ने भएको छ । शाखा कार्यालयमा दाबी गरिएका भुक्तानीहरु माथि प्रक्रिया पु¥याई शाखा कार्यालयबाटै भुक्तानी दिन सुरु गरिएको शाखा प्रबन्धक चेतराज श्रेष्ठले बताउनुभयो ।

सो शाखाले कर्जा दिने सुविधा, अग्रिम भुक्तानी, अवधि भुक्तानी, मृत्यु दाबी भुक्तानी लगायत सम्पुर्ण भुक्तानी सुविधाहरु उपलब्ध गराएको उहाँले बताउनुभयो । जिल्ला शाखाबाटै दाबी भुक्तानी गर्ने यो नै जिल्लाको पहिलो बीमा कम्पनी हो । यसअघि जिल्लास्थित शाखा कार्यालयमा दाबी गरिएका भुक्तानीहरु लिन धरान र विराटनगरसम्म पुग्नुपर्ने बाध्यता रहेको थियो ।

जिल्लाबाट भुक्तानी नहुँदा बीमितले दाबी गरेको भुक्तानी लिन महिनौँ कुर्नुपर्ने अवस्था रहेको थियो ।

तपाईको प्रतिक्रिया