पाँचथर । पाँचथरको फालेलुङ गाउँपालिकास्थित पशु सेवा शाखाले ५० जना एकल महिलाहरुलाई कुखुराका चल्ला वितरण गरेको छ ।

गाउँपालिकाका ८ वटा वडाहरुबाट सिफारिस भएका ५० जना महिलालाई जनहि २० वटाका दरले चल्ला वितरण गरिएको हो ।

एकल महिलाहरुको आय आर्जन बढाउन मद्यत पुगोस् भन्ने उद्देश्यले स्थानीय तहका जनप्रतिनिधीहरुको उपस्थितीमा गिरीराज जातको चल्ला वितरण गरिएको पशु सेवा शाखा फालेलुङका प्रमुख छिरीङ शेर्पाले बताए ।

तपाईको प्रतिक्रिया