तेह्रथुम  । छथर गाउँपालिकाले सबै गाउँसम्म पुगेर रक्तचाप परीक्षण गर्ने अभियान सन्चालन गरिरहेको छ । स्वास्थ्य सम्बन्धी सचेतना वृद्धि गरी नागरिकलाई स्वस्थ बनाउन अभियानकै रुपमा रक्तचाप परीक्षण गर्ने अभियान थालिएको गाउँपालिकाको स्वास्थ्य शाखाका सन्जित रसाइलीले जानकारी दिनुभयो ।

गाउँपालिकाले जेठ ६ गतेदेखि १४ गतेसम्म गाउँपालिकाका सबै वडाहरु अर्थात् साविकका गाउँ विकास समितिका सबै वडाहरुमा १–१ दिन रक्तचाप परीक्षण गरिरहेको छ । आइतबार साविकका गाविसकाका वडा नं. १ को, सोमबार वडा नं. २ र आज मंगलबार वडा नं. ३ का सर्वसाधारणको रक्तचाप परीक्षण गरेको छ ।

स्वास्थ्य सम्बन्धी सचेतना वृद्धि गर्ने उदेश्यले स्वास्थ्यसँग सम्बन्धित परामर्श सहित रक्तचाप परिक्षण गर्ने कार्यक्रम आयोजना गरिएको गाउँपालिकाका प्रवक्ता राजन नेपालीले बताउनुभयो ।

यो वर्ष रक्तचाप परीक्षण गरी औषधी सेवन गरिरहेकाहरुको बारेमा तथ्यांक संकलन गर्ने र आगामी वर्षको बजेटबाट त्यस्ता विरामीहरुलाई लक्षित गरी कार्यक्रम तयार गर्ने योजना रहेको छ ।

तपाईको प्रतिक्रिया