तेह्रथुम । तेह्रथुमका दुई नेता विजय सुब्बा र दुर्गाप्रसाद चापागाई तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्य बनेका छन् । नवगठित सो पार्टीले मंगलबार सार्वजनिक गरेको सूची अनुसार नेकपा एमालेबाट विजय सुब्बा र नेकपा माओवादी केन्द्रबाट दुर्गाप्रसाद चापागाई केन्द्रीय सदस्य बन्नुभएको छ ।

सुब्बा एमालेबाट समानुपातिक तर्फ प्रतिनिधि सभाको सदस्य समेत हुनुुहुन्छ । तत्कालिन नेकपा माओवादी केन्द्रको पोलिट व्युरो सदस्य रहनुभएका नेता चापागाई हाल सिंचाई मन्त्री वर्षमान पुनको स्वकीय सचिवको रुपमा कार्यरत हुनुहुन्छ ।

जिल्लाबाट दुई जना नेताहरु नवगठित शक्तिशाली भनिएको नेकपाको केन्द्रीय सदस्य भएपछि सामाजिक सन्जालमा बधाई दिनेहरुको अाेइरो लागेको छ ।

नेकपाले मंगलबार सबै ४ सय ४१ जना केन्द्रीय सदस्यहरुकै सुची सार्वजनिक गरेको हो ।

 

तपाईको प्रतिक्रिया