खाँदबारी । जिल्ला स्वास्थ्य कार्यालय संखुवासभाका कर्मचारीहरु सरुवा गरिए पनि खटाएका स्थानमा जान अटेर गरेका छन् । सरुवा गरेको कर्मचारी जान अटेर गर्दै जिल्ला अस्पताल खाँदबारीमा काजमा काम गर्दै आएका छन् ।
स्वास्थ्य विभागद्धारा डेढ वर्ष अघि नै सरुवा पत्र आए पनि उनीहरु खटाएका ठाउँमा गएका छैनन् । अहिले पनि स्वास्थ्य कार्यालयका ६ जना कर्मचारीहरु सरुवा गरिएका स्थानमा नगएर जिल्ला अस्पतालमा काजमा काम गरिहेका छन् । जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी दिलिप श्रेष्ठका अनुसार याफू स्वास्थ्य चौकीमा हेल्थ असिस्टेन विक्रम भुसाल, चैनपुर प्राथमिक स्वास्थ्य केन्द्रमा अनमी सुनीता घिमिरे, स्याबुन स्वास्थ्य चौकीमा अनमी सरस्वती शाह, माल्टा स्वास्थ्य चौकीमा अनमी रेनुका सुनाम, मनकामना स्वास्थ्य चौकीमा श्रेया घिमिरे र धुपू स्वास्थ्य चौकीमा राधिका कोइराला सरुवा भएका थिए । तर उनीहरु अहिलेसम्म सरुवा गरिएका स्वास्थ्य केन्द्र गएका छैनन् ।