सुनसरीको सिमावर्ती आसपासको क्षेत्रमा मदिराजन्य पदार्थ बेच्न नपाईने भएको छ । भारतको विहारमा भारत सरकारले मदिरा बन्द गरे सँगै नपाली सिमावर्ती बजारमा मदिरा खान आउँने भारतीयहरुको कारण चोरी तथा डकैती बढेको भन्दै सिमा क्षेत्रको पाँच सय मिटर आसपासको क्षेत्रमा मदिरा बेच्न निषेध गरीएको हो ।

नेपाल–भारतका सुरक्षा अधिकारीबीच हुने हरेक बैठकमा भारतले रक्सी प्रतिबन्ध लगाएपनि नेपालले सहयोग नगरेको आरोप खेप्दै आएको थियो । ‘भारतीय सीमा सुरक्षा बलले जहिले पनि नेपालले हाम्रो योजनालाई सफल पार्न नदिएको भनेर गुनासो गरि रहनु अनि नेपालमै रक्सीले लफडा हुनु र सिमा पार गरेर विभिन्न चोरी, तस्करी तथा अपराधका घटनाहरु हुने हुँदा नियन्त्रण गर्ने उपाय अनुरुप मदिरा निषेधीत गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया