मलेसिया जाने कामदारबाट अवैध रूपमा ठगी गर्ने व्यवसायीमाथि सरकारको कारबाही सुरु
सरकारले मलेसिया जाने कामदार ठगी गर्ने संस्थाहरूमाथि कारबाही सुरु गरेको छ । राहदानी संकलन, भिसा प्रोसेसिङ, प्रहरी रिपोर्ट तयार गर्ने (आइएससी), मेडिकल रजिष्ट्रेसन (माइग्राम्स) र स्वास्थ्य परीक्षण (बायोमेट्रिक)का नाममा कामदारबाट अर्बौँ रुपैयाँ ठगी गर्ने संस्थाका सञ्चालकमाथि कारबाही थालिएको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौंले ठगीमा संलग्न ४८ जनालाई आइतबार पक्राउ गरेको प्रवक्ता डिएसपी मोहन थापाले बताए । मलेसिया जाने कामदारलाई ठगी गर्नेमा मलेसिया भिएलएन नेपाल, जिएसजी, माइग्राम्ससहित ३७ स्वास्थ्य संस्था पनि सक्रिय थिए । ती संस्थाहरूले ०७० कात्तिकदेखि गत चैतसम्म कामदारबाट ५ अर्ब ४५ करोड ८ लाख २४ हजार १ सय रुपैयाँ ठगी गरेका छन् ।
भिएलएनले ६ लाख ३३ हजार ३ सय ६८ कामदारबाट २ अर्ब ७१ करोड रुपैयाँभन्दा बढी ठगी गरेको समाचार नयाँ पत्रिकाले ३१ बैशाखमा प्रकाशित गरेको थियो ।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले ४ जेठमा मलेसिया जाने कामदारबाट अनधिकृत रुपमा रकम अशुल्ने संघ संस्था खारेज गर्ने घोषणा गरेका थिए ।
पछिल्लो समय मलेसिया जाने हरेक कामदारहरू म्यानपावरमा बाहेक अन्य पाँच शिर्षकमा अतिरिक्त १८ हजार रुपैयाँ भन्दा बढी शूल्क तिर्न बाध्य हुँदै आएका थिए । अनधिकृत रुपमा कामदार माथि भएको ठगीको विषयमा सरकारले आवश्यक अनुसन्धान गर्नुपर्ने मानवअधिकारका लागि जनमञ्च पिपुल फोरमका अधिवक्ता कृष्ण न्यौपानेले बताए ।
‘सरकारले कुनैपनि प्रक्रियाबाट अनुमति नै नदिएकाहरूले पनि विभिन्न नाममा ठगी गरेको देखिन्छ,’ उनले भने, ‘त्यसमा संलग्नलाई कारबाहीको दायरामा ल्याएर ठगी भएको रकम अशुलउपर गर्नुपर्ने हुन्छ ।’
१ कात्तिक ०७० अघिसम्म भिषा शुल्क वापत ७ सय रुपैयाँ तिरेर नेपाली कामदार मलेसिया जाने गरेका थिए । तर, त्यसयता मलेसिया भिएलएन नामक कम्पनीले कामदार ठग्न सुरु गरेको हो । सुरुमा भिषा प्रोसेसिङका नाममा ३२ सय रुपैयाँ लिन सुरु गरेको भिएलएनले २७ भदौ, २०७३ देखि राहदानी संकलनका नाममा ओएससी (वन स्टप सेण्टर) स्थापना गरेर प्रतिकामदार थप २८ सय रुपैयाँ असुल्दै आएको थियो । त्यसमाथि भदौ ०७४ यता १३ प्रतिशत भ्याट समेत गरी उक्त कम्पनीले कामदारबाट ६ हजार ७ सय ८० रुपैयाँ ठग्दै आएको हो ।
२५ असार २०७२ बाट स्वास्थ्य परीक्षणका नाममा ३७ ओटा स्वास्थ्य व्यवसायीहरूले सिण्डिकेट बायोमेट्रिक दर्ता वापत ३ हजार ४ सय २२ रुपैयाँ र स्वास्थ्य परिक्षणका नाममा ४ हजार ५ सय रुपैयाँ ठगी गर्दै आएका छन् ।
जब कि सरकारले वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण वापत पुरुष कामदारका लागि अधिकतम २ हजार ९ सय ४० रुपैयाँ र महिला कामदारका लागि अधिकतम ३ हजार १ सय रुपैयाँ (गर्भवती जाँच समेत) शूल्क निर्धारण गरेको छ । त्यस्तै, फागुन २०७३ बाट इमिग्रेसन सेक्युरिटी क्लिरियन्स (आइएससी) का नाममा जिएसजी नामक संस्थाले प्रति कामदार २ हजार २ सय रुपैयाँ अशुल्दै आएको थियो ।
वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्न श्रम तथा रोजगार मन्त्रालयले २ सय ३५ ओटा स्वास्थ्य संस्थालाई सूचीकृत गरेको छ । तर, नेपाल स्वास्थ्य व्यवसायी महासंघका तत्कालीन अध्यक्ष प्रविन तिवारीले कमिसन दिने ३७ ओटा स्वास्थ्य संस्थालाई मात्रै माइग्राम्सको. नाममा मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणको सिण्डिकेट खडा गरेका थिए ।
त्यसमा आवद्ध हुने एउटै स्वास्थ्य संस्थाबाट ६० लाख रुपैयाँसम्म तिवारीले लिएको माइग्राम्समा आवद्ध एक स्वास्थ्य संस्थाका संञ्चालकले जानकारी दिए । कमिसन दिन तयार नहुने स्वास्थ्य संस्थाले गरेको स्वास्थ्य परीक्षणका आधारमा मलेसियाको भिषा नलाग्ने बनाइएको छ । उक्त कार्यमा महांसका वर्तमान अध्यक्ष कैलास खड्काको समेत उल्लेख्य भुमिका रहेको थियो । सोही विवादका कारण संघ दुई टुक्रामा विभाजित भएको छ ।
प्रतिकामदार लागत १९ हजार मात्रै
मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणमा पुरुषको २ हजार ९४० र महिलाको ३ हजार १ सय लाग्छ । वैदेशिक रोजगार कल्याणकारी कोषमा १५ सय जम्मा गर्नुपर्छ । बिमा खर्च ३ हजार ९४० लाग्छ । अभिमुखीकरण तालिमको ७ सय तिर्नुपर्छ । म्यानपावर कम्पनीहरूले सेवाशुल्कबापत अधिकतम १० हजारसम्म लिन पाउँछन् । टिकट र भिसा शुल्क रोजगारदाता कम्पनीले पठाइदिन्छ ।
तर, भिसा प्रोसेसिङमा ३ हजार ६१६, राहदानी संकलनमा ३ हजार १६४, प्रहरी रिपोर्टका नाममा ३ हजार २ सय, मेडिकल रजिस्ट्रेसनमा ३ हजार ४ सय २२ र स्वास्थ्य परीक्षणका नाममा ४ हजार ५ सय गरी प्रतिकामदारबाट करिब १५ हजार ठगी गर्ने गरेका छन् । यसका अतिरिक्त म्यानपावर कम्पनीहरूले हरेक कामदारबाट १ लाखभन्दा बढी असुल गर्ने गरेका छन् ।
कुन शीर्षकमा कति ठगियो ?
भिसा प्रोसेसिङमा २ अर्ब ६ करोड २९ लाख ठगी ६ लाख ३३ हजार ३६८ कामदारबाट भिएलएन कम्पनीका सञ्चालक रामप्रसाद श्रेष्ठद्वारा भिसा प्रोसेसिङका नाममा चार वर्षको ठगी ।
राहदानी संकलनमा ६४ करोड ७० लाख ठगी
भिएलएन कम्पनीले नै राहदानी संकलन गर्ने केन्द्र ओएससी सञ्चालन गरेको छ । राहदानी संकलनका नाममा २ लाख १९ हजार ७९२ कामदारबाट यो रकम ठगी गरिएको हो ।
प्रहरी रिपोर्टका नाममा ८७ करोड १५ लाख ठगी
जिएसजी कम्पनीका सञ्चालकद्वय गोविन्द थपलिया र गोपाल गुरुङले प्रहरी रिपोर्ट बनाउने (इमिग्रेसन सेक्युरिटी क्लियरेन्स) नाममा २ लाख ५४ हजार ६७० कामदारबाट दुई वर्षमा यो रकम ठगी गरेका हुन् । जिएसजीका एक सञ्चालकको नाम अभैm खुलेको छैन ।
मेडिकल दर्ताका नाममा एक अर्ब ५० लाख ठगी
मलेसिया जाने कामदारहरूले मेडिकल रजिस्ट्रेसन (माइग्राम्स) गर्नुपर्दैन । तर, मलेसिया रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने केही स्वास्थ्य संस्थाले मेडिकल रजिस्ट्रेसन गर्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना गरेका छन् । यसमा संलग्न ३७ स्वास्थ्य संस्थाको सिन्डिकेट नै छ । यसकै नाममा कैलाश खड्का, प्रवीण तिवारीलगायत स्वास्थ्य संस्थाका सञ्चालकले अढाइ वर्षमा २ लाख ९३ हजार ६८० कामदारबाट यो रकम ठगी गरेका छन् ।
स्वास्थ्य परीक्षणका नाममा ८६ करोड ४५ लाख ठगी
वैदेशिक रोजगारीमा जाने कामदारले स्वास्थ्य परीक्षण (बायोमेट्रिक) गर्दा पुरुषले अधिकतम दुई हजार ९४० र महिलाले ३ हजार १ सय रुपैयाँ तिर्नुपर्छ । तर, स्वास्थ्य संस्थाहरूले ४ हजार ५ सय लिएर ठगी गर्ने गरेका छन् । अढाइ वर्षको अवधिमा स्वास्थ्य परीक्षणका नाममा २ लाख ९३ हजार ६८० कामदारबाट यो रकम ठगी भएको हो ।
स्वास्थ्य परीक्षणमा सिन्डिकेट गर्ने ३७ संस्था र सञ्चालक
राम पुकार, अमिताभ बुद्ध मेडिकल, महाराजगन्ज
रवीन्द्र केसी, अ क्वालिटी हेल्थ केयर, सिनामंगल
फुर्वा तामाङ, क्यापिटल मेडिकल, गोंगबु
चन्दा राई, चेतना स्वास्थ्य सेवा, बानेश्वर
गायत्री श्रेष्ठ, कोसमोस मेडिकल, रातोपुल
पप्पु शाह, डाइनास्टी मेडिकल, चाबहिल
नीलाम्बर झा, एभरेस्ट हेल्थ होम, बानेश्वर
डिबी गिरी, फ्युजन पोलिक्लिनिक, बानेश्वर
यम खड्का, हिमालयन डाइग्नोस्टिक, कोटेश्वर
रञ्जना पोखरेल, केआर मेडिकल, वसुन्धरा
प्रवेश रोका, काष्ठमण्डप हेल्थ केयर, बत्तीसपुतली
राजेन्द्र श्रेष्ठ, कुलेश्वर पोलिक्लिनिक
रोशन कार्की, लालुपाते मेडिकल, गौशाला
प्रदीप फोइवा, लोटस पोलिक्लिनिक, महाराजगञ्ज
निमी तिवारी, मञ्जुश्री मेडिकल, उत्तरढोका
दाताराम काफ्ले, भ्याली पोलिक्लिनिक, गोंगबु
देवान राई, मेरिडियन हेल्थ केयर, महाराजगञ्ज
अमृत विश्वकर्मा, न्यु वल्ड भ्यु मेडिकल, बसुन्धारा
श्याम थापा, प्रशान्ति हेल्थ केयर, जावलाखेल
महेश श्रेष्ठ, पब्लिक हेल्थ पोलिक्लिनिक, सामाखुसी
मीरा शर्मा, साहारा हेल्थ सेण्टर, बानेश्वर
रामप्रसाद लम्साल, शिखर पब्लिक पोलिक्लिनिक, बसुन्धारा
जीवन केसी, सृजना मेडिकल, बानेश्वर
गोपाल दाहाल, साउथ एशियन हेल्थ केयर, धुम्बाराही
शेरबहादुर सुब्बा, सुब्बा प्याथोलोजी, कुपण्डोल
दीपक कार्की, सुधा पोलिक्लिनिक, कोटेश्वर
जीवन केसी, सुनापाती मेडिकल, ग्वार्को
शुसान खड्का, सनराइज पोलिक्लिनिक, महाराजगञ्ज
प्रविन तिवारी, सनराइज मेडिकल, बानेश्वर
केशर थापामगर, सुपर हेल्थ केयर, सुकेधारा
नवराज तिमिल्सिना, सिरप हेल्थ केयर, धापासी
राजकुमार गरुङ्ग, टाइटन हेल्थ केयर, बसुन्धारा
हर्क अधिकारी, उपत्यका प्याथोलोजी, पुल्चोक
भोला सत्याल, मार्कोपोलो मेडिकेयर, महाराजगञ्ज
कैलाश खड्का, वेलकेयर हस्पिटल, रातोपुल
कैलाश खड्का, अनमोल मेडिकल, सिनामंगल
राजकुमार श्रेष्ठ, स्वर्णिम मेडिकल, बसुन्धारा
ठगीमा संलग्न ४८ जना पक्राउ
प्रहरीले वैदेशिक रोजगारीका लागि मेलेसिया जाने कामदार ठगीमा संलग्न संस्थाका सञ्चालकहरू पक्राउ गरेको छ । काठमाडौं र ललितपुर प्रहरीका अनुसार आइतबार साँझसम्म भिसा संकलन तथा प्रोसेसिङको काम गर्दै आएको भिएलएन मलेसियाका सञ्चालक रामप्रसाद श्रेष्ठ तथा माइग्राम्सका स्वास्थ्य संस्थाको सिन्डिकेट खडा गर्ने विभिन्न स्वास्थ्य संस्थाका सञ्चालक गरी ४८ जना पक्राउ परेका छन् ।
पक्राउ परेका व्यक्तिहरूको नाम संकलन गर्ने र ठगीमा संलग्न रहे/नरहेको यकिन गर्ने काम भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका वरिष्ठ प्रहरी उपरीक्षक विश्वराज पोख्रेलले बताए ।
को–को पक्राउ परे ?
रामप्रसाद श्रेष्ठ, सञ्चालक भिएलएन नेपाल
मोनिका श्रेष्ठ, सञ्चालक कुलेश्वर पोलिक्लिनिक
गणेश तिमिल्सिना र देवेन्द्र आचार्य, स्वर्णिम मेडिकल
केशर थापा, सुपर हेल्थ केयर
सरिता गिरी, फ्युजन पोलिक्लिनिक
यामकुमार खड्का, हिमालय डाइग्नोस्टिक
मुकुन्द भट्टराई, वेलकेयर अस्पताल
निमीकुमारी तिवारी, मञ्जुश्री मेडिकल
रोजिना शाक्य, मुना शाक्य र रेशम खत्री, सिर्जन मेडिकल
सुमन सत्याल, सनराइज मेडिकल
ईश्वर भण्डारी, सुधा क्लिनिक
विदुर थापा र चन्द्रमा राई, चेतना स्वास्थ्य सेवा केन्द्र
हिमालय डायग्नेस्टिक क्लिनिक – मुकुन्द भट्टराई
मन्जु अधिकारी– उपत्यका प्याथोलोजी
शेरबहादुर सम्बाहाम्फे– सुब्बा प्याथोलोजी
बलराम रेग्मी र लक्ष्मण सुब्बा–सुनपरी पोलिक्लिनिक
नयाँ पत्रिकाबाट ।