काठमाडौं, जेठ ७ – सरकारले  चुरे तथा भित्री मधेसको उपत्यका जोड्ने गरि १२ सय किलोमिटर लामो मदन भण्डारी राजमार्ग बनाउने भएको छ ।

१२ सय किलोमिटर लामो यो राजमार्गलाई झापाको शान्तिनगरदेखि डडेलधुराको रुपाल सम्म जोड्ने प्रस्ताव गरिएको छ । भौतिक योजना तथा पूर्वाधार मन्त्रालयले गरेको राजमार्ग बनाउने प्रस्ताव आइतबार बेलुकी बसेको मन्त्रिपरिषद बैठकले स्वीकृत गरेको हो ।

यो राजमार्ग पूर्व पश्चिम राजमार्ग र मध्यपहाडी लोकमार्गको बीचबाट भित्रि मधेसका उपत्यकाहरुलाई जोड्ने गरी बनाउने प्रस्ताव गरिएको छ ।

मदन भण्डारी राजमार्गको नाममा निर्माण प्रस्ताव गरिएको यो राजमार्ग  झापाको शान्तिनगरदेखि धरान, चतरा, गाईघाट, कटारी, सिन्धुलीमाडी, हेटौडा, गैंडाकोट, रामपुर, राम्दी, रिडी, तम्घास, सिमलटारी, प्युठान, तुल्सीपुर, बोटेचौर, सुर्खेत, बर्दीचौर, सिमचौर, विपीनगर, सहजपुर, बुडर, जोगबुढा र रुपालसम्म पुग्नेछ ।

तपाईको प्रतिक्रिया