तेह्रथुम, जेठ ७ – तेह्रथुमको म्याङलुङ नगरपालिका–८, कोबेकमा वेपत्ता भएका एक युवा चार दिनपछि मृत अवस्थामा भेटिएका छन् ।

गएको विहीबारदेखि हराइरहेका ३२ वर्षीय चन्द्रकुमार सम्बाहाङ्फे स्थानीय चिहाङमा देवीथानको ओढारमा मृत अवस्थामा भेटिएका हुन् । वेपत्ता रहेका उनको खोजी गर्ने क्रममा आइतबार बिहान स्थानीय ओढारमा भेटिएको परिवारले जानकारी दिएको छ ।

सम्बाहाङ्फे केही वर्षदेखि आफूलाई प्रेत आत्मा चढेको र धामी उत्रनका लागि देवीले ओढारमा बोलाएको भन्दै ओढारमा जाने र आउने गरेको स्थानीय शिक्षिका कल्पना लिम्बुले बताउनुभयो ।

तपाईको प्रतिक्रिया