रुपन्देही, जेठ ६ – नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले जेट विमानमा टेम्पोको इन्जिन राखेर घमण्ड नगर्न प्रधानमन्त्री केपी ओलीलाई आग्रह गर्नुभएको छ ।

शनिबार नेपाली कांग्रेस सैनामैना नगर समिति रुपन्देहीले आयोजना गरेको नगरसभाको उद्घाटन गर्दै थापाले अंक गणितको धाक लगाउँदैमा कांग्रेस बिचलित नहुने बताउनुभयो । प्रधानमन्त्री ओलीले कांग्रेसलाई होच्याउन समय खर्चेर अधिनायकवादी चरित्र प्रर्दशन गरिरहेको पनि आरोप लगाउनुभयो ।

उहाँले राणा शासन र राजासँग लड्दै र पराजित गर्दै आएको इतिहासलाई स्मरण गर्दै नेपाली कांग्रेसले नयाँ बनेको नेपाल कम्युनिष्ट पार्टिलाई अर्को चुनावमा पराजित गर्ने दावी गर्नुभयो ।

थापाले एमाले र माओवादी केन्द्रको एकता गराउन बैठक बोलाएर राष्ट्रपति विद्यादेवी भण्डारीले पदीय गरिमा र मर्यादाको अवमूल्यन गरेकोसमेत आरोप लगाउनुभयो । उहाँले राष्ट्रपति पदको मर्यादा र गरिमाको उच्च सम्मान र ख्याल गर्नसमेत आग्रह गर्नुभयो ।

तपाईको प्रतिक्रिया