काठमाडौं, जेठ ४ – मेडिकल व्यवसायीले स्वास्थ्य परीक्षण गर्न रोकेपछि मलेसिया जाने कामदार मर्कामा परेका छन् ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले मलेसियाको ‘सिण्डिकेट’ तोड्ने प्रक्रिया शुरु गरेपछि माइग्राम्स र बायोमेट्रिक बन्द भएका हुन् । सिण्डिकेट खडा गरेर रोजगारीका लागि मलेसिया जाने कामदारबाट कानुनमा भएको व्यवस्था र सरकारले गरेको निर्णय बाहेक पनि पैसा असुली गर्ने क्रम नरोकिएको भन्दै श्रम मन्त्रालयले स्वास्थ्य परीक्षण गर्ने संस्था खारेज गर्न प्रक्रिया अगाडि बढाएको थियो ।
३९ वटा बाहेकका संस्थाबाट पनि स्वास्थ्य परीक्षण गर्न सकिने निर्णय गर्दै मन्त्रालयले माइग्राम्स, वान स्टेप सेन्टर, जिएसटी र भिएलएन नेपाल तत्काल खारेज गर्न प्रक्रिया अगाडि बढाएको थियो । स्वास्थ्य परीक्षण नहुँदा नेपाली कामदार तत्कालका लागि मलेसिया जान रोकिएका छन् ।