तेह्रथुम । जिल्ला सिंचाई जलउपभोक्ता महासंघ तेह्रथुमको अध्यक्षमा प्रेम फोम्बो चयन हुनुभएको छ । सदरमुकाम म्याङलुङ्ग स्थित जिल्ला सिंचाई सव–डिभिजन कार्यालयमा भएको जलउपभोक्ताहरुको भेलाबाट फोम्बोको अध्यक्षतामा ९ सदस्यीय जिल्ला कार्यसमिति चयन भएको हो ।
समितिको उपाध्यक्षमा पासाङ शेर्पा, सचिवमा रमेशप्रसाद दुलाल, सहसचिवमा रामबहादुर श्रीपाली र कोषाध्यक्षमा जानुका सुब्बा रहनुभएको छ । यस्तै समितिको सदस्यहरुमा सुन्दरीमाया लिम्बु, बलराम निरौला, प्रेमबहादुर खड्का र लोकबहादुर भुजेल चयन हुनुभएको छ ।
भेला सिंचाई सव–डिभिजन कार्यालयका प्रमुख रामनारायण श्रेष्ठको प्रमुख आतिथ्यता तथा जिल्ला समन्वय समितिका सदस्य तथा जिल्ला सिंचाई जलउपभोक्ता महासंघ तेह्रथुमका तत्कालिन सचिव लालबहादुर कटुवालको अध्यक्षतामा सम्पन्न भएको थियो ।