उदयपुर, जेठ ३ – थ्रीस्टार क्लब उदयपुरमा जारी पाँचौ उदयपुर गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

थरुहट रंगशालामा बुधबार भएको पहिलो सेमिफाइनल खेलमा झापा ११ विरुद्ध १ गोल गर्दे थ्रिस्टार क्लब फाइनमा प्रवेश गरेको हो । निकै प्रतिस्पर्धात्मक खेलमा थिस्टारको तर्फबाट दोस्रो हापको १० औ मिनेटमा अजय मार्टिनले १ गोल गरेसंगै थ्रिस्टार फाइन प्रवेश गरेको हो ।

बुधबारको खेलमा झापाले पनि राम्रो खेल प्रस्तुत गरेको थियो । झापाले गोल गर्ने निकै अवसर पाए पनि सदुपयोग गर्न सकेन ।

आजको खेलमा म्यानअफ द म्याच थिस्टार क्लबका पिटर सेगोन घोषित भए  । उनले नगद सात हजार रुपैयाँ प्राप्त गरे । थ्रिस्टारले अब सुनसरी ११ र मनाङ मर्स्याङदी क्लब को विजेतासँग शनिबार उपधाधिका लागि प्रतिस्पर्धा गर्ने छ ।  थारूहट रंङशालामा बिहीबार दोस्रो सेमिफाइनल खेल सुनसरी ११ र मनाङ मर्स्याङदी क्लबबीच हुने छ ।

शनिबार हुने फाइनल खेलको विजेताले नगद ५ लाख रुपैयाँ पाउने छ भने उप विजेताले ३ लाख रुपैयाँ पाउने आयोजक समितका अध्यक्ष किरण राईले बताउनुभयो  ।

तपाईको प्रतिक्रिया