संखुवासभा । अलैंची खेती विस्तारका लागि संखुवासभाका कृषकहरु संगठित हुन थालेका छन् । मकालु गाउँपालिका–३ आक्चेवाका अलैंची कृषकहरु अलैंची विस्तारका लागि संगठित भएका छन् ।

यहाँका २५ जना कृषकहरुले प्रगतिशिल अलैंची उत्पादन कृषक समूह गठन गरेर खेती विस्तारमा लागीरहेका छन् । २०७३ सालमा गठन गरेको समूहले निरन्तर कृषकमैत्री कार्यक्रमहरु सञ्चालन गर्ने गरेको छ । खेती विस्तारसंगै उनीहरुको जीवन शैली समेत फेरीएको छ । हिजोसम्म आफूले उत्पादन गरेको अन्नले बिहान बेलुकी हात जोड्न पनि पुग्दैनथ्यो तर अहिले मनग्य आम्दानी समेत भएको छ, समूहका अध्यक्ष सुरेश राईले भने ।

आम्दानीको हिसाबले अन्य बालीहरुको तुलनामा उत्पादन पनि बढी हुने हँुदा यसको महत्व अझ बढ्दो छ । आक्चेवामा ४० केजी देखि १२ सय केजीसम्म अलैंची उत्पादन गर्ने कृषकहरु छन् । एक पटकको १२ सय केजी अलैंची उत्पादन गर्ने सुरेश गुरुङ आप्mनो व्यवसाय प्रति खुशी छन् । आफ्नो पुख्र्यौली जग्गामा अलैंची खेती सुरु गरेका उनी सदरमुकाम खाँदबारीमा बस्दै आएका छन् ।

अलैंची कै आम्दानीबाट गुरुङले खाँदबारीमा दुई नानीहरुलाई बोर्डिङ स्कुलमा पढाएर परिवार धानीरहेका छन् । उनको अरु कुनै जागिर वा व्यवसाय पनि छैन । उनी यहिँ व्यवसायबाट नै सम्पन्नता तीर उन्मुख भइरहेका छन् । कृषि समूहमा संगठित भएपछी खेतीमा आएका समस्याहरु सामुहि रुपमा समाधान गर्ने गरेको अर्का कृषक रामकृष्ण भट्टराई बताउँछन् । उनी भन्छन्, गाउँमा समूह बनाएदेखि हामी कृषकहरु आर्थिक समृद्धी तर्फ उनमुख भएकका छौं ।

उनले थपे, आर्थिक विकासका लागि सामुहिक व्यवसाय अत्यावश्यक छ । समूहबाट नै गाउँमा भएका अलैंचीको हरेक विषयमा प्रत्येक महिना छलफल हुने गरेको छ । कृषकहरु भेला भएर समस्या र खुशीका कुरा एक अर्कामा साटासाट गर्ने गर्छन् ।

तपाईको प्रतिक्रिया