काठमाडौं, जेठ २ – पार्टी एकताको विषयमा थप छलफल गर्न एमाले र माओवादी केन्द्रका नेता सम्मिलित पार्टी एकता संयोजन समितिको बैठक बस्ने भएको छ ।

बुधबार एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको एक्लाएक्लै बैठकले बिहीबार एकता संयोजन समितिको बैठक बोलाइएको दुवै दलका नेताहरुले जानकारी दिएका छन् ।
दुई पार्टीबीच पार्टी एकताका विषयमा दूरी बढ्दै गएको चर्चा हुन थालेपछि दुवै दलका शीर्ष नेताले एक्लाएक्लै छलफल गर्नुभएको हो । छलफलका सवै कुरा सार्वजनिक नगरे पनि जतिसक्दो छिटो एकताको काम टुंग्याउने सहमति भएको नेताहरुको भनाई छ ।

यसबारेमा छलफल गर्न एमाले स्थायी समितिको बुधबार बैठक बस्दैछ । बैठक बेलुका ४ बजेपछि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने  एमालेले जनाएको छ ।

तपाईको प्रतिक्रिया