सुर्खेत, जेठ २ – मकालु एयरको नाइन एन ए जे यु विमान दुर्घटना हुँदा दुईजना चालकको ज्यान गएको छ ।

सुर्खेतबाट सामान बोकेर हुम्लाको खार्पुनाथ गाउँपालिका २ बाहुन खर्कमा दुर्घटना हुँदा चालक किरण भट्टराई  र सहचालक आदित्य नेपालीको ज्यान गएको त्रिभुवन विमानस्थलले जानकारी दिएको छ ।

अहिले एकजनाको शव निकालिएको छ भने अर्को शव निकाल्ने प्रयास भइरहेको सुर्खेतका प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले उज्यालोलाई जानकारी दिनुभयो । विमान ११ सय ७० किलो सामान लिएर सुर्खेतबाट सिमिकोटका लागि उडेको थियो ।

तस्विर साभार नयाँ पत्रिकाबाट ।

तपाईको प्रतिक्रिया