तेह्रथुम । नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियु ले आज आफ्नो ५४ औँ स्थापना दिवस मनाएको छ । दिवसको अवसरमा तेह्रथुम जिल्ला कमिटीले पनि जिल्ला अस्पताल परिसरमा सरसफाई तथा विरामीलाई फलफुल वितरण कार्यक्रम गरेको छ ।

अनेरास्ववियु तेह्रथुमका विद्यार्थी नेता, जिविस पुर्वसभापित तथा एमाले नेता किशोरचन्द्र दुलाल र जिल्ला स्वास्थ्य प्रमुख डाक्टर मुक्तिनारायण शाह सहितको टोलीले अस्पतालमा रहेका विरामीलाई विहान फलफुल वितरण गरेको थियो ।

फलफुल वितरण पछि टोलीले जिल्ला अस्पताल परिसरमा सरसफाई समेत गरेको अनेरास्ववियु तेह्रथुमका अध्यक्ष राजेन्द्र दुलालले जानकारी दिनुभयो । अनेरास्ववियुको स्थापना २०२२ साल जेठ १ गते भएको दिनलाई आधार मानेर अनेरास्ववियुले हरेक जेठ १ गते स्थापना दिवस मनाउँदै आएको छ ।

तपाईको प्रतिक्रिया