तेह्रथुम । आठराई गाउँपालिकाले चालु आर्थिक वर्षका लागि विभिन्न योजनाहरुमा खर्च गर्न विनियोजन गरेको साढे दुई करोड बढी रुपैयाँ खर्च नहुने भएपछि रकमान्तर गरेको छ । पहिलो गाउँ सभाले विनियोजन गरेको बजेट तत्काल तोकिएका योजनामा खर्च नहुने भएपछि दोश्रो गाउँसभाबाट २ करोड ७० लाख ७५ हजार ९ सय ५३ रुपैयाँ बराबरको संशोधित बजेट तथा कार्यक्रम सार्वजनिक गरेको हो । गाउँ सभाबाट दश वटा महत्वपुर्ण विधेयकहरु समेत पारित भएका छन् ।

रकमान्तर भएको बजेटमध्ये पुँजीगततर्फ २ करोड ६ लाख ६६ हजार ५३ रुपैयाँ र वडा तर्पmको ६४ लाख ९ हजार ९ सय रुपैयाँ रहेको गाउँपालिकाका अध्यक्ष मानबहादुर लिम्बुले बताउनुभयो । अघिल्लो गाउँसभाबाट पूँजिगत तर्पmका केही योजनाहरु संञ्चालन हुन नसक्ने भएकाले भौतिक निर्माणका योजनाहरुमा रकमान्तर गरी संशोधित बजेट तथा कार्यक्रम ल्याइएको गाउँपालिकाका अध्यक्ष लिम्बूले बताउनुभयो । गाउँपालिकाको चालु आर्थिक वर्ष २०७४÷०७५ को चालु खर्च तर्पm भने कुनै पनि शिर्षकहरुको रकमान्तर गरेको छैन ।

संशोधित बजेटबाट ३९ वटा भौतिक निर्माण तथा स्तरोन्नतिका नयाँ योजनाहरु छनौट गरिएको जनाइएको छ । गाउँसभाले गाउँपालिकाको सातै वडाका पँुजीगत तर्पmका संचालन हुन नसक्ने योजनाहरुमा पनि रकमान्तर गरि संसोधन गरेको छ । यस्तै गाउँ सभाबाट आधारभूत तथा माध्यमिक शिक्षा विधेयक–२०७४, महिला क्षमता विकास कार्यक्रम खर्च कार्यविधि–२०७४, आकस्मिक कोष व्यवस्थापन, खोजी, उद्धार, राहात तथा पुर्नस्थापना खर्च कार्यविधि– २०७४, युवा क्षमता विकास कार्यक्रम खर्च कार्यविधि–२०७४ समेत पारित भएका छन् ।

गाउँ सभाले आयोजना व्यवस्थापन तथा सन्चालन कार्यविधि–०७४, न्यायिक समिति सम्बन्धी विधेयक–०७४, सहकारी ऐन–०७४, आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको विधेयक–०७४ र टोल विकास समिति सम्बन्धी विधेयक–०७४ समेत पारित गरिएको गाउँपालिकाकी उपाध्यक्ष रुपादेवी कन्दङवाले बताउनुभयो । आइतबारबाट सुरु भएको दोश्रो गाउँ सभा सोमबार पनि जारी छ । मंगलबार समेत महत्वपुर्ण विषयहरुमा छलफल गर्ने कार्यसूची रहेको गाउँपालिकाले जनाएको छ ।

तपाईको प्रतिक्रिया