काठमाडौं, वैशाख ३१ – प्रदेश ३ का प्रदेशसभा सदस्य हरिशरण लामिछानेको ५१ वर्षको उमेरमा आज निधन भएको छ ।
लामिछानेको सिनामंगलमा रहेको केएमसी अस्पतालमा उपचारका क्रममा उहाँको निधन भएको हो । अाइतबार मष्तिस्कघात भएपछि उपचारका लागि उहाँलाई अस्पताल लगिएको थियो ।
उहाँको साेमबार दिउँसो निधन भएको अस्पतालले जनाएको छ । २०२४ फागुन ११ गते जन्मिएका लामिछाने भक्तपुर क्षेत्र नम्बर १ बाट प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।
उहाँको पार्थिव शरीरलाई दिउँसो साढे २ बजेदेखिअन्तिम श्रद्धाञ्जलीका लागि पशुपति आर्यघाटमा राखिने र ४ बजे अन्तिम संस्कार गरिने परिवारले जनाएको छ ।
लामिछाने एमालेको भक्तपुर जिल्ला कमिटिका सचिव हुनुहुन्थ्यो । उहाँका एक श्रीमती, छारा र छोरी छन् ।