धनगढी । कानुनमा जातिय छुवाछूतको अन्त्य भएको भने पनि समाजमा अझै व्यप्त छुवाछूत कायमै छ । प्रदेश ७ को अस्थायी राजधानी धनगढीमा पनि जातिय छुवाछूतको अन्त्य हुन सकेको छैन । समाजमा जडा गाडेर बसको जातिय छुवाछूत शिक्षत समुदायमा पनि कायमै रहेको दलित समुदायहरुको अगुवाहरुको गुनासो छ ।
धनगढी उपहमहानगरको वडा नम्बर ६ जालीको शिव टोलमा दलित समुदायलाई मन्दिर छिर्न सक्ने वातावरण पनि बन्न सकेको छैन । उक्त वडामा धनगढी उपमहानगरपालिका मेयर नृपबहादुर वड पनि बसोबास गर्छन् ।
छुवाछूतका कारणले एक अर्कोको जातलाई स्वीकार्न नसक्दा दलित र गैर दलितहरुका आ–आफ्नै मन्दिर निर्माण गरेका छन । एक अर्कोको जातलाई स्वीकार्न नसक्दा एक जातको मन्दिरमा अर्को जातको व्यक्तिले जान नसकेको उपमहानगरपालिका वडा नम्बर ६ मा बस्ने गोरख सार्कीले बताए । दलित समुदायका ४० परिवारको बसोबास रहेको शिवटोलमा १० बर्ष देखि दुई समुदायले छुटै मन्दिरमा पुजा गर्दै आएका छन् ।
प्रदेश ७ का पहाडी जिल्ला र ग्रामिण वस्तीमा मात्र होइन धनगढी जस्तो विकसित ठाउँमै जातिय भेदभाव भईरहहाँ पनि त्यसमा कसैको ध्यान जान नसकेको स्थानीहरु बताउने गरेका छन । दलित समुदायले १० बर्ष देखि शिवमन्दिर पुजा गर्ने गरेका छन । त्यहाँ गैर दलितहरु प्रवेश गदैनन् । गैरदलित समुदायले भैरब नाथको मन्दिरमा पुजा गदै आएको गैरदलित समुदायका कृष्ण कुँवरले बताए । ‘अहिलेको पीडिले छुवाछूतलाई स्वीकार्न सके पनि पुरानो पीडाका व्यक्तिहरुले स्वीर्का गर्न सक्दैनन्’ उनले भने ।
दलित परिवारले दशै, तिहार, तिज लगायत पर्वमा विशेष पुजा– आज गदै आएको स्थानीय दलित महिला जमुना विकले बताईन् । समाजमा देखिने गरी जातिय छुवाछूताका घटना नभएपनि अन्य विभिन्न वहानामा दलितहरु पीडित बन्दै आएको उनको भनाई छ । जातिय छुवाछूतका घटना न्यूनीकरणका लागि राज्यले थुप्रै कानुन निर्माण गरेपनि कार्यान्यवन पक्ष फितलो हँुदा अझै पनि समाजमा जातिय छुवाछूतका घट्नामा कमी नआएको उनले दुखेसो पोखिन् ।
समाजमा अझै जातिय भेदभाव कायमै रहेको धनगढी उपमहानगरपालिका वडा नम्बर ६ की वडा सदस्य धर्मादेवि सार्कीले पनि स्वीकार गरिन् । सार्वजनिक स्थान तथा विभिन्न कार्यक्रममा गैरदलित समुदायका मानिसहरुले जातिय भेदभाव नगरेपनि समाजमा भने अझै कायम रहेको उनको वुझाई छ ।
समाज र राष्ट्रलाई नयाँ ढङगबाट अगाडि बढाउँने नाममा देशमा ठुलठुल्ला राजनैतिक परिर्वतन भएपनि बर्षादेखि समाजमा गाडिएर रहेका विभिन्न कुरिती र कुसंस्कारको भने अन्त्य हुन नसकेको सदस्य सार्किको भनाई छ । देश संघीयतापछि सिंहदरवारको अधिकार गाउँमा आउने भनिए पनि स्थानीय सरकारले दलितका समस्या नबुझेको दलित समुदायको गुनासो छ । जातीय विभेद हटाउन स्थानीय तहले भएका नीति नियम कार्यान्वयन गरेर समाज सुधारका लागि अभियान संचालन गर्नुपर्ने धनगढी–२ सरस्वती नगरमा बस्ने दलित अगुवा कर्मीहरु बताए । प्रदेश ७ का पहाडि जिल्लामा अझै पनि पानी जातिय छुवाछूतको अन्त्य हुन सकेको छैन ।