काठमाडाैँ । नेपाल र भारतका प्रधानमन्त्रीले स्वीच थिचेर ९०० मेगवाटको अरूण तेस्रो जलविद्युत आयोजनाको शिलान्यास गरेका छन्।

राजधानीको होटल द्वारिकाजमा आयोजित एक कार्यक्रमबीच रिमोट थिचेर प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले आयोजनाको शिलान्यास गरेका हुन्।

रिमोट थिचेपछि दुई प्रधानमन्त्रीले अंकमाल गरेका थिए।

संखुवासभा जिल्लामा बन्न लागेको ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजनाको अरुण तेस्रोको निर्माण जिम्मा भारतीय कम्पनी सतलजले पाएको छ।

प्रधानमन्त्रीद्वयको स्वीच थिचेसँगै संखुवासभाको फाक्सिन्डा दोभानमा आयोजनाको काम सुरू भएको छ।

बुट प्रणालीमा बन्न लागेको आयोजना वित्तीय व्यवस्थापन भएको पाँच वर्षमा पूरा गर्नु पर्नेछ। १ खर्ब ४ अर्ब अनुमानित  लागत भएको परियोजनाको वित्तीय व्यवस्थापन भइसकेको छैन।

आयोजना बनेपछि नेपाल १९७ मेगावाट बिजुली पाउनेछ भने बाँकी बिजुली निर्यात हुनेछ।  सञ्चालनमा आएको २५ वर्षपछि आयोजना नेपाल सरकारलाई हस्तान्तरण गर्नुपर्नेछ।

तपाईको प्रतिक्रिया