काठमाडौं, वैशाख २८ – प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको दुईदिने राजकीय भ्रमणका लागि आज जनकपुर आइपुग्नु भएको छ । प्रधानमन्त्री मोदीलाई जनकपुरमा रक्षामन्त्री इश्वर पोख्रले र  प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले स्वागत गर्नुभएको छ ।

मोदी नयाँ दिल्लीबाट विहारको राजधानी पटना हुँदै एयर इन्डियाको एटीआर – ७२ विमानमा जनकपुर आउनुभएको हो ।

जनकपुरमा उहाँले जानकी मन्दिरमा विशेष पूजाअर्चना गर्नुहुनेछ भने ऐतिहासिक रंगभूमि मैदान बाह्रविघामा उहाँको अभिनन्दन एवं सम्बोधनको कार्यक्रम रहेको छ ।

तपाईको प्रतिक्रिया