खाना हाम्रो जीवनको अपरीहार्य वस्तु हो । खाना हाम्रो जीवनको सबैभन ठूलो सुख हो भन्ने लाग्छ मलाई । हामीले खाना खानाले नै हामीलाई हुर्काउँछ, बढाउँछ र सन्तुष्टी दिन्छ । समय र स्थान अनुसार खानाको प्रकार र प्रकृति फरक फरक हुन्छ ।
कसैले खना जीवन बाँच्नका ालगि खान्छन, कसैले आनन्दको लागि कसैले समय कटाउनका लागि त कसैले स्वादको लागि । जसले जे उद्देस्यले खाएपनि खानाले हामीलाई उर्जा दिन्छ र हाम्रो जीवनमा प्राण शक्ति भर्छ ।
हाम्रो जीवनमा यति धेरै प्रभाव पार्ने खाना यदि हामीले सहि ढंग, अनुपातमा खाएनौ भने त्यसले हामीलाइृ प्रतिकुल प्रभाव पार्दछ । हाम्रो आहारले हाम्रो स्वास्थ्यमा प्रत्यक्ष पूभाव पारेको हुन्छ ।
हामीले खाने खानालाई प्रभावकारी बनाउन ध्यान दिनुपर्ने केही कुराहरु :
– बासी खाना नखाने किनभने बासी खानामा हामीलाई उक्त खानाबाट प्राप्त हुने पौष्टिक तत्वहरु धेरै मात्रामा नष्ट भईसकेको हुन्छ र खानामा किटाणुहरु उत्पन्न हुनसक्छ ।
– खाना बनाउने देखि खाने समय जतिसक्दो थोरै हुनुपर्दछ ।
– धरै चिसो र धेरै तातो खाना खानु हुँदैन ।
– खानामा सम्पूर्ण पोष्टिक तत्वहरु समावेश भएको हुनुपर्दछ । जस्तै सागपात, फलफूल, गेडागुडी, दुध, दहि आदी ।
– खाना खाईसकेपछि नुहाउनुहुँदैन । जसले पाचनक्रियामा सुस्ती ल्याउँछ ।
– खाना सकेसम्म बसेर खानुपर्दछ ।
– खना खाँदा खुसी भएर बस्नु पर्छ किनभने मन अशान्त र बेचैन च भने पाचन प्रकृया ढिलो हुन्छ ।
– खाना चपाएर खानुपर्दछ, जति चपाएर खायौँ त्यति हाम्रो पेटलाई पचाउन सजिलो पर्छ र थोरै खानले पनि पेट भरिन्छ । त्यहाँ एउटा भनाई छ ‘हाम्रो एउटा मुख छ एक खाँस खानको लागि र ३२ वटा दाँत छ ३२ चोटी चपाउनका लागि, त्यसैल एक गाँस खाउँ ३२ चोटी चपाऔँ ।’
– हाम्रो जीवनमा जतिसुकै हातार भएपनि खाना खाँदा धैर्य भएर खानुपर्दछ । किनभने खानाले नै हामीलाई जीवन दिएको हुन्छ ।
– खाना खाँदा पेटलाई ४ भाग लगाउने जसमध्ये २ भाग खानाको लागि र १÷१ भाग हावा र पानीको लागि छाड्नुपर्छ । त्यसको मतलव पेट टन्न नहुँदै उठ्नुपर्छ ।
– खाना खानुभन्दा आधा घण्टा अगाडी र पछाडी पानी पिउनु हुँदैन, खानै परे एक दुई घुट्को मात्र लिन सकिन्छ ।
– प्याकेटमा बन्द गरीएको खानेकुरा सकेसम्म खानु हुँदैन । सकेसम्म प्रकृतिमा जस्तो रुपमा उपलब्ध हुन्छ त्यही रुपमा ग्रहण गर्न सके राम्रो हुन्छ । जस्तै : सलाद, फलफूल आदी ।
– खाना खाँदा बोल्नु हुँदैन । बोल्दा हामीले खाना सँगै धेरै हावा निल्न पुग्छैँ र पाचनमा नराम्रो असर पार्दछ ।
– बिहानको खाना (लन्च) १२ बजेसम्म खाईसक्ने र बेलुककिो खाना ८ बजेभित्र खाईसक्नुपर्दत । खाना खाने र सुत्ने समयको अन्तर २ घण्टा हुनुपर्दछ ।
अतः खाना मानिसको जीवनको पहिलो आवस्यकता हो । हामी जन्मेदेखि मर्ने बेलासम्म खाने प्रकृया चलि नै रहन्छ । हाम्रो मानव जीवनको महत्वपूर्ण पाटोको रुपमा रहेको खाना र पाचनतन्त्र स्वस्स्थ भएन भने हामी जीवनभर रोगी र दुःखी हुन पुग्छौँ । खाना हाम्रो आवस्यकता हो, आचरण हो र संस्कृति हो । यसलाई सभ्य र स्वास्थ्योपयोगी बनाऔँ । आना सबैको लागि अमृत बनोस ।