काठमाडौं, वैशाख १३ – नेपाल बैंक लिमिटेडले चालु आर्थिक वर्षका सुरुका नौ महिनामा दुई अर्ब ५६ करोड ७७ लाख खुद नाफा कमाएको छ ।
बैंकको खुद मुनाफा गत वर्षको यहि अवधिको तुलनामा २ दशमलव ०६ प्रतिशतले बढी हो । यस अवधिमा बैंकको निक्षेप ९० अर्ब ८१ करोड र कर्जा ७९ अर्ब ७१ करोड रुपैया पुगेको छ । बैंकको कूल भाखा नाघेको कर्जा अनुपात २ दशमलव ९१ प्रतिशत रहेको छ ।
यस अवधिमा सञ्चालन मुनाफा तीन अर्ब १२ करोड रहेको बैंकले जनाएको छ ।
बैंकले तीन महिनाभित्र देशका २७ ठाउँमा शाखा खोल्ने तयारी गरेको पनि जनाएको छ । अहिले ५४ जिल्लाका १ सय ३६ शाखा ११ एक्सटेन्सन काउन्टर र ७१ वटा एटिएम रहेको नेपाल बैंकका १२ लाख ग्राहक छन् ।

तपाईको प्रतिक्रिया