तेह्रथुम । छथर गाउँपालिका–६, साविक सुदाप–९ मा गोरु काटेको आरोपमा प्रहरीले १ जनालाई पक्राउ गरेको छ । गोरु काटेर मासु खान लागेको भन्ने सूचनाका आधारमा प्रहरी चौकी ओख्रेले छथर गाउँपालिका–६ का १ जनालाई नियन्त्रणमा लिएको छ ।

इलाका प्रहरी कार्यालय बसन्तपुरका प्रहरी निरीक्षक गणेश कोइरालाका अनुसार गोरु काटेर मासु खान लागेका सुदापका अन्दाजी ३५ वर्षीय प्रेम लिम्बुलार्ई पक्राउ गरिएको छ । अन्य दुई जनालाई पनि पक्राउ गरिएको र अनुसन्धान भइरहेको उहाँले बताउनुभएको छ ।

उनीहरुलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बसन्तपुरको हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया