तेह्रथुम । मदिरा व्यवसायी संघ, तेह्रथुमको तेश्रो जिल्ला अधिवेशन सोमबार सम्पन्न भएको छ ।

अधिवेशनले रामकुमार शेर्पाको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा गोविन्द अधिकारी, सचिवमा सुरजकुमार श्रेष्ठ र कोषाध्यक्षमा राजन खत्री रहनुभएको छ ।

यस्तै सदस्यहरुमा लोकेन्द्र श्रेष्ठ, कुमार खापुङ, किशोर तिम्सीना र युवराज खड्का चयन हुनुभएको छ । अधिवेशनले व्यवसायी तारा श्रेष्ठ, सभा पौडेल लगायत रहेको सल्लाहकार समिति समेत गठन गरेको छ ।

तपाईको प्रतिक्रिया