खोटाङ, बैसाख ७– जिल्ला अदालत खोटाङले बालिका बलात्कारमा संलग्न बालकलाई ६ वर्ष कैद सजाय सुनाएको छ ।

१० वर्षीय बालिकालाई बलात्कार गरेको कसुरमा १५ वर्षीय बालकलाई ६ वर्ष कैंद सजायको फैसला सुनाएको हो । २०७४ साल साउन १४ गते बालिका बलात्कार गरेको भन्दै पीडितपक्षले दिएको उजुरीका आधारमा त्यसै दिन पक्राउ परेका बालकलाई जिल्ला न्यायधिश किशोर घिमिरेको इजलासले बिहीबार कैद फैसला सुनाएको हो ।

जिल्ला अदालतले बुधबार पनि आफ्नै १५ वर्षीय नातिनीलाई बलात्कार गर्ने ४७ वर्षीय हजुरबालाई ९ वर्ष कैंद र ५० हजार क्षतिपूर्ति भराउने फैसला सुनाएको थियो ।

तपाईको प्रतिक्रिया