तेह्रथुम । तेह्रथुमको लालीगुराँस नगरपालिकाका प्रमुख अर्जुन माबोहाङले महिलाको यौन तथा प्रजनन् अधिकारका सम्बन्धमा आफु सचेत रहेको बताउनुभएको छ । उहाँले नगरपालिकाले महिलाहरुको यौन तथा प्रजनन् अधिकारका सम्बन्धमा योजना निर्माण गरी काम गर्ने समेत बताउनुभएको छ ।

आइपास नेपालको सहयोगमा समृद्ध तेह्रथुमका लागि अभियानले सन्चालन गरिरहेको यौन तथा प्रजनन् सुदृढिकरण परियोजना अन्गर्गत आज भएको समन्वय बैठकमा बोल्दै मेयर माबोहाङले यस्तो बताउनुभएको हो । बैठकमा सो परियोजना अन्तर्गत भएका गतिविधिबारे जानकारी, यौन तथा प्रजनन् अधिकार, सुरक्षित गर्भपतन सम्बन्धी कानुनी मान्यता लगायत विषयमा छलफल भएको छ ।

छलफलमा मेयर माबोहाङ सहित उपमेयर तिला पोखरेल, वडाध्यक्षहरु, समृद्ध तेह्रथुमका लागि अभियानका सदस्य नरेश ढुंगाना, कार्यक्रम अधिकृत नरमाया श्रेष्ठ लगायत सहभागी रहनुभएको थियो । समृद्ध तेह्रथुमका लागि अभियानले सो परियोजना अन्तर्गत हाल तेह्रथुमका मोराहाङ, आम्बुङ, बसन्तपुर र सोल्माका कार्यक्रमहरु सन्चालन गरिरहेको परियोजनाका सुपरभाइजर भूमिका श्रेष्ठले बताउनुभयो ।

तपाईको प्रतिक्रिया