गुराँस न्युज । तेह्रथुम  । तेह्रथुममा एक बालिकालाई बलात्कार गरी फरार रहेका अभियुक्तलाई प्रहरीले दश वर्षपघि पक्राउ गरेको छ । म्याङलुङ्ग नगरपालिका–१ का २९ वर्षे गोपाल भण्डारीलाई जिल्ला प्रहरी कार्यालय तेह्रथुमले विराटनगरबाट पक्राउ गरेको छ ।

भण्डारी लुकिछिपी विराटनगरमा बस्दै आएको भन्ने सुराकीका आधारमा उनलाई पक्राउ गर्न प्रहरी सफल भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक राजन भुजेलले बताउनुभयो । बालिका बलात्कारको आरोपमा भण्डारीलाई जिल्ला अदालत तेह्रथुमले ०७१ सालमा १२ वर्ष कैदको फैसला सुनाएको थियो ।

तपाईको प्रतिक्रिया