तेह्रथुम । लालीगुराँस नगरपालिकाले कला र संगीतको सम्मानका लागि भन्दै ‘लालीगुराँस आइडल’ प्रतियोगिताको आयोजना गरेको छ । नगरपालिकाको लसुनेबजारबाट प्रतियोगिताका लागि सात जना प्रतिष्पर्धी छनौट भएका छन् । ‘लोक गीत तथा लोक नृत्यको सम्मान’ भन्ने नाराका साथ पहिलो लालीगुराँस आइडलका लागि लसुनेबाट सात जना प्रतिष्पर्धी छनौट गरिएको कार्यक्रम संयोजक रविकिरण लिम्बुले बताउनुभयो । सात मध्ये नेृत्यतर्फ ३ जना र गायततर्फ ४ जना प्रतिष्पर्धी छनौट भएका उहाँले बताउनुभयो । नगर क्षेत्रका विभिन्न स्थानमा छनौट चरणका कार्यक्रमहरु सन्चालन गरी उदयमान प्रतिभाहरुको सम्मान गर्न आइडल आयोजना गरिएको नगर प्रमुख अर्जुन माबोहाङले बताउनुभयो । छनौट चरणका कार्यक्रम चैत १८ गते बसन्तपुर र २० गते दाँगपामा हुनेछ । आइडल विजेताले नगद १५ हजार रुपैयाँ र उपविजेताले नगद १० हजार रुपैयाँ प्राप्त गर्नेछ ।