मोरङ । प्रदेश नम्बर १ को आर्थिक मामिला तथा योजना मन्त्रालयले आर्थिक विधेक संसदमा पेश गरेको छ ।
बुधबार बसेको मन्त्रीपरिषदको बैठकले संसदमा आर्थिक विधेयक पेश गरेको हो । आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोले पेश गरेको विधेयकको विषयमा बुधबार नै सामान्य छलफल भएको छ ।
छलफलमा बोल्दै सांसदहरु ज्ञानेश्वर राजवंशी, अम्बिका थापा, लिलाबल्लभ अधिकारीले केही प्राविधिक त्रुटी देखिएको भए पनि सैद्धान्तिक हिसाबले विधेयक सकारात्मक रहेको बतानुभएको थियो ।
यस्तै, सांसदहरु शिवनारायण गनगाईं, नवोदीता चौधरी र मोहनकुमार खड्काले भने केही विषयमा टिप्पणी समेत गर्नुभएको थियो । सांसद शिवनारायण गनगाईंले विधेयकको दफाबार छलफल पछि मात्रै पारित गर्न सकिने बताउनुभयो ।
यस्तै, सांसद नवोदिता चौधरीले धारा ४८ को दफा ४ मा उल्लेखित ऐन बमोजिम हिसाब नबुझ्ने अधिकृतलाई ५ सय जरिमाना गर्ने विषयले भ्रष्टाचारलाई प्रश्रय दिनसक्ने बताउनुभयो ।
यस्तै, सांसद मोहनकुमार खड्काले विधेयकको परिच्छेद ५ को दफा ६ मा उल्लेखित श्रेष्ता कायम गर्ने समय १ महिना दिने उल्लेख भए पनि त्यसलाई घटाउनु पर्ने बताउनुभयो । बैठकमा सांसदहरुले उठेका प्रश्नको जवाफ दिँदै मन्त्री इन्द्र आङ्बोले प्राविधिक विषयको हलक गरिने बताउनुभयो ।