तेह्रथुम । तेह्रथुम बहुमुखी क्याम्पस चुहानडाँडामा अनेरास्ववियु क्रान्तिकारी नयाँ संगठन विस्तार भएको छ । १७ सदस्यीय नयाँ समितिको अध्यक्षमा केशव न्यौपाने चयन भएका छन् । समितिको उपाध्यक्षमा पेम्बा शेर्पा, सचिवमा अनिशा मैनाली, सहसचिवमा उमाकान्त दंगाल र राजकुमार गहतराज, कोषाध्यक्षमा तेजु तिवारी रहेका छन् । समिति अनेरास्ववियु क्रान्तिकारीका केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष योगेश भटराईको उपस्थितिमा गठन भएको हो ।

तपाईको प्रतिक्रिया