बसन्तपुर । लालिगुरास नगरपालिकाको बसन्तपुरमा आधारभुत पत्रकारिता सम्बन्धी दुइ दिने तालिम आज बाट सुरु भएको छ । नेपाल आदिवासी जनजाती पत्रकार महासघ फोनिजद्वारा आयोजित तालिममा पत्रकारिताको सुरुवात, नेपाली पत्रकारिताको ईतिहास, पत्रकारिता क्षेत्रमा आदिबासी जनजाति युवाहरुको सहभागीता, पत्रकारिताको बिकास, सुचना र सन्चारको महत्व, सकरात्मक समाज परिवर्तनमा पत्रकारहरुको भुमिका, समाचार लेखनको तरिका लगायतका बिशयमा छलफल भैइरहेको छ ।

नगरपालिका क्षेत्रका २१ जना सहभागी तालिममा पत्रकार मनु याक्थुङ्वाले सहजीकरण गरिरहनु भएको छ । लालिगुराँस नगरपालिकाको सहयोगमा आयोजना गरिएको तालिमको उद्वघाटन कार्यक्रम उपमेयर तिला पोख्रेलको प्रमुख आथित्यता तथा फोनिजका जिल्ला अध्यक्ष टीआर सेनेहाङ्कको अध्यक्षतामा भएको थियो । बसन्त माबिको तालिम हलमा आयोजित उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथी पोख्रेलले सुशासनको सम्बाहक पत्रकार नै भएको बताउँदै नगरपालिकाले पत्रकार उत्पादन गर्न पाउनु महत्वपुर्ण रहेको बताउनुभयो ।

उहाँले फोनिजको उदेश्यले नयाँ पत्रकारहरु तयार भई नगरपालिका नै सुचना र सन्चारको क्षेत्रमा समृद्ध हुने तर्क राख्नुभयो । कार्यक्रममा बोल्दै बसन्त माविका प्रध्यानाध्यापक उद्घव नेपालीले अबको पत्रकारहरुले शैक्षिक मुद्दालाई पनि जोडदारका साथ उठान गर्नु पर्ने सुझाव दिनुभएको फोनिजका सचिव प्रकाश पाक्साँवाले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया