तेह्रथुम । तेह्रथुममा सन्चालित स्थानीय अधिकार कार्यक्रमको वार्षिक सामाजिक लेखाजोखा कार्यक्रम सोमबार सम्पन्न भएको छ । एक्सनएड नेपालको आर्थिक सहयोग तथा स्थानीय साझेदार देउराली सोसाइटी र दलित सचेतना समाज नेपालको आयोजनामा भएको कार्यक्रममा सो परियोजना सन्चालन भएपछि भएका प्रभाव, परिवर्तन र राम्रा अभ्यासहरुबारे चर्चा गरिएको छ ।

स्थानीय अधिकार कार्यक्रम तेह्रथुमका विभिन्न गाउँहरुमा सन् २००९ देखि निरन्तर सन्चालित छ । कार्यक्रमले कृषिमा व्यवसायिकरण र जीविकोपार्जन, महिला अधिकार, सुशासन र शिक्षा क्षेत्रमा रहेर सन्चालन गरेका गतिविधिहरुले समुदायलाई सहयोग पु¥याएको भन्दै सरोकारवालाले प्रशंसा गरेका छन् । सो परियोजना जिल्लाका दुई नगरपालिका र चार वटै गाउँपालिकामा सन्चालित छ ।

परियोजनाले एक वर्षमा करिब दुई करोड रुपैयाँ बराबरको काम गरेको छ । जिल्ला समन्वय समिति तेह्रथुमका प्रमुख शिवप्रसाद ढुंगानाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम देउराली सोसाइटीका अध्यक्ष मोहन भण्डारीको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा दलित सचेतना समाज नेपालले गरेका गतिविधिबारे स्थलगत अवलोकन गरी पत्रकार चन्द्र कार्कीले प्रभाव र परिवर्तनबारेको प्रतिवेदन प्रस्तुत गर्नुभयो ।

देउराली सोसाइटीका कार्यक्रम संयोजक नरबहादुर लिम्बुले संस्थाको कार्यक्षेत्रमा भएका गतिविधि र प्रभावबारे जानकारी गराउनुभयो । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख शिवप्रसाद ढुंगाना, म्याङलुङ्ग नगरपालिकाका उपप्रमुख पार्वतीसानु डाँगी, मेन्छ्यायेम गाउँपालिकाका उपाध्यक्ष गीतादेवी गौतम, एक्सनएड नेपालका निमित्त प्रमुख शिवनारायण चौधरी, जिल्ला स्वास्थ्य प्रमुख डाक्टर मुक्तिनारायण शाह, गैरसरकारी संस्था महासंघका राजेन्द्र बराल र सहभागीका तर्फबाट आठराई गाउँपालिका–२ की गीता पुरी र छथर गाउँपालिकाकी गंगामाया बोहराले आ–आफ्नो भनाइ राख्नुभयो ।

तपाईको प्रतिक्रिया