तेह्रथुम । नयाँ शक्ति नेपाल पार्टीको तेह्रथुम समन्वय समितिमा नेतृत्व हेरफेर भएको छ । सोमबार बसेको पार्टीको जिल्ला समन्वय समितिको बैठकले संयोजकमा भगवान रिजाललाई चयन गरेको छ । बैठकले रिजालको संयोजकत्वमा २३ सदस्यीय समिति चयन गरेको हो ।
समितिको सदस्यहरुमा जोगमाया लिम्बु, अमरबहादुर कन्दङवा, टेकबहादुर खापुङ, हरिप्रसाद चोङबाङ, यामबहादुर लिम्बु, टिका गुरुङ, राजु कन्दङवा, होमप्रसाद कन्दङवा र दिलिप कुरुम्बाङ रहनुभएको छ । यस्तै, डम्बर खापुङ, आइतविर खापुङ, मेघराज सम्बाहाम्फे, युद्धलक्ष्मण भटराई, नेत्र कुरुम्बाङ, टकप्रसाद भटराई, नवीन खनाल, लिलम नेपाली र आसबहादुर लिम्बु पनि सदस्यमा चयन हुनुभएको छ ।
समितिको सदस्यहरुमा रामप्रसाद भटराई, टेकबहादुर लिम्बु, केशव दाहाल र प्रेमनारायण सेढाई समेत चयन हुनुभएको सो पार्टीले जनाएको छ । बैठक पुर्वमन्त्री तथा नयाँ शक्ति पार्टीका केन्द्रीय नेता पर्शुराम खापुङको आतिथ्यतामा सम्पन्न भएको थियो ।