गुराँस न्युज । तेह्रथुमको फेदाप गाउँपालिका स्थित पोक्लाबाङ स्वास्थ्य चौकीलाई स्थानीय व्यक्तिले निःशुल्क रुपमा स्ट्रेचर सहयोग गर्नुभएको छ । फेदाप गाउँपालिका–१, सिम्ले घर भई हाल रोजगारीका लागि प्रवासमा कार्यरत राजेन्द्र कुरुम्बाङले १० हजार रुपैयाँ मुल्य बराबरको एक थान स्ट्रेचर स्वास्थ्य चौकीलाई निःशुल्क प्रदान गर्नुभएको हो ।
कुरुम्बाङका आमा धनमाया कुरुम्बाङले स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष मनबहादुर श्रेष्ठलाई स्ट्रेचर हस्तान्तरण गर्नुभएको स्वास्थ्य चौकीका इन्चार्ज धनराज राईले बताउनुभयो । स्वास्थ्य चौकीमा स्ट्रेचर नहुँदा विरामीलाई सास्ती हुँदै आएकोमा अहिले स्ट्रेचर आएपछि केही हदसम्म सहज भएको उहाँले बताउनुभयो ।
स्ट्रेचर सहयोग गर्ने कुरुम्बाङ परिवारप्रति स्वास्थ्य चौकीले धन्यवाद प्रकट गरेको छ । गाउँपालिकाका अन्य टोलहरुमा समेत स्ट्रेचर नहुँदा समस्या भइरहेको स्वास्थ्य चौकी इन्चार्ज राईको भनाइ छ । वडामा जनप्रतिनिधिहरु आइसकेपनि त्यसतर्फ कसैको ध्यान नगएको उहाँले बताउनुभयो ।