गुराँस न्युज । तेह्रथुमको फेदाप गाउँपालिकालाई जिल्लाकै पहिलो साक्षरोन्मुख तथा भर्ना सुनिश्चित गाउँपालिका घोषणा गरिएको छ । गाउँपालिकाको कार्यालयमा शुक्रबार भएको एक कार्यक्रममा जिल्ला समन्वय समिति तेह्रथुमका उपप्रमुख प्रेमलता घिमिरेले गाउँपालिकालाई साक्षरोन्मुख तथा भर्ना सुनिश्चित गाउँपालिका घोषणा गर्नुभयो ।

जिल्लालाई नै पुर्ण साक्षर जिल्ला घोषणा गर्ने अभियान अन्तर्गत गाउँपालिकालाई साक्षरोन्मुख तथा भर्ना सुनिश्चित गाउँपालिका घोषणा गरिएको हो । गाउँपालिकाका १५ देखि ६० वर्षको कुल जनसंख्यामध्ये ९८ दशमलव ५४ प्रतिशत नागरिक साक्षर भएका तथा सबै बालबालिकाहरु विद्यालय भर्ना भइसकेका तथ्याङ्कका आधारमा गाउँपालिकालाई साक्षरोन्मुख तथा भर्ना सुनिश्चित गाउँपालिका घोषणा गरिएको हो ।

कार्यक्रममा जिल्ला शिक्षा अधिकारी कृष्णप्रसाद पोखरेल, गाउँपालिकाका प्रशाशकीय अधिकृत सुमन लिङ्देन लगायतले मन्तव्य राख्नुभयो । कार्यक्रममा फेदाप गाउँपालिका स्थित पाँच वटै वडाका जनप्रतिनिधि, शिक्षक, विद्यार्थी, सामुदायिक सिकाई केन्द्रका प्रमुख तथा प्रतिनिधिहर र सरोकारवाला सहभागी थिए । जिल्ला समन्वय समितिका उपप्रमुख प्रेमलता घिमिरेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम गाउँपालिकाका अध्यक्ष हरिप्रसाद चोङवाङको अध्यक्षतामा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया