गुराँस न्युज। विकास संचार समाजको आयोजनामा धनकुटामा २ दिने पत्रकारीता तालिम सम्पन्न भएको छ ।

धनकुटामा हिजो बाट सुरु भएको पत्रकारीता तालिममा धनकुटा सहित तेह्रथुम, भोजपुर, संखुवासभा र सुनसरीका १६ जना पत्रकार सहभागीता रहेका थिए ।

आज नेपाल पत्रकार महासंघ धनकुटाका बरिष्ठ उपाध्यक्ष नगेन्द्र राईले अनुसन्धान मुलक खोज पत्रकारीताकोबारे प्रशिक्षण दिएका थिए ।

समापन कार्यक्रमा नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष खगेन्द्र प्रसाद घिमिरे, नेपाल पत्रकार महासंघ तेह्रथूमका सचिब प्रकास धौलाकोटी, पत्रकार प्रकास घिमिरे लगायतले बोलेका थिए ।

सहभागिलाई नेपाल पत्रकार महासंघ धनकुटा शाखाका बरिष्ठ उपाध्यक्ष नगेन्द्र राईले प्रमाण वितरण गरेक थिए ।

तपाईको प्रतिक्रिया