तेह्रथुम । तेह्रथुमको आठराई गाउँपालिकामा सुस्त मनस्थिति भएकी १८ वर्षे युवतीलाई बलात्कार गरेको आरोपमा एक ट्याङकर चालक पक्राउ परेका छन् । प्रहरीले बलात्कारको आरोपमा सुर्खेत जिल्ला गुर्वाकोट नगरपालिका–३ घर भई यहाँ कार्यरत १९ वर्षीय प्रेम खड्कालाई पक्राउ गरी अनुसन्धान थालेको हो ।

खड्काले निर्माणाधीन मध्यपहाडी लोकमार्गमा केजी निर्माण सेवाले प्रयोग गरेको बा.१ क ६६७७ नम्बरको ट्याङकर चलाउदै आएका थिए । उनले पसलबाट घर फकिँर्दै गरेकी किशोरीलाई मंगलबार साँझ ट्याङकरमा घर पु¥याइदिने आश्वासन दिएर बलात्कार गरेको भन्दै पीडितका परिवारले प्रहरीलाई उजुरी दिएका थिए ।

उजुरीका आधारमा खड्कालाई पक्राउ गरी अनुसन्धान थालिएको ईलाका प्रहरी कार्यालय संक्रान्तिबजारका प्रहरी निरीक्षक डम्बर पुरीले बताउनुभयो । पीडित किशोरीको स्वास्थ्य परीक्षणका लागि जिल्ला अस्पताल ल्याइएको छ ।

तपाईको प्रतिक्रिया