तेह्रथुम । तेह्रथुमको छथर गाउँपालिकाले पचास प्रतिशत अनुदानमा हाते ट्रयाक्टर वितरण गरेको छ । गाउँपालिकाले वडा नं. ५, ओख्रेस्थित सचेतना पशुपालन सहकारी संस्थालाई हाते ट्रयाक्टर उपलब्ध गराएको हो ।
यसअघि गाउँपालिकाले हाते ट्रयाक्टर खरिद गर्न चाहनेहरुलाई ५० प्रतिशत लागत सहभागितासहितको प्रस्तावना पेश गर्न सुचित गरेको थियो । पाँच वटा प्रस्तावना आएपनि पहिलो वर्ष परिक्षणका लागि एउटा संस्थालाई मात्रै उपलब्ध गराइएको गाउँपालिकाका प्रवक्ता राजन नेपालीले बताउनुभयो । प्रभावकारिताका आधारमा आगामी वर्षहरुमा अन्य संस्थाहरुलाई पनि हाते ट्रयाक्टर वितरण गरिने उहाँको भनाई छ ।
गाउँपालिकाले १ लाख ९ हजार रुपैयाँ पर्ने हाते ट्रयाक्टर ५० प्रतिशत अनुदानमा उपलब्ध गराएको सहकारी संस्थाका अध्यक्ष लोकेन्द्र खड्काले बताउनुभयो । ९ हर्ज पावर क्षमताको उक्त हाते ट्रयाक्टर गाउँपालिका अध्यक्ष सन्तवीर लिम्बुले आर्जै संस्थालाई हस्तान्तरण गर्नुभएको छ ।