तेह्रथुम । सुख्खा याममा बनमा लाग्ने डढेलो नियन्त्रणका लागि विहीबार कृत्रिम अभ्यास गरिएको छ । म्याङलुङ्ग नगरपालिका–३ स्थित उराठे सामुदायिक बनमा डढेलो लगाई नियन्त्रणका लागि कृत्रिम अभ्यास गरिएको हो ।

म्याङलुङ्ग नगगरपालिका र सामुदायिक बन उपभोक्ता महासंघ तेह्रथुमको साझेदारीमा सन्चालित वातावरण संरक्षण कार्यक्रम अन्तर्गत आयोजित कृत्रिम अभ्यास कार्यक्रममा जिल्ला स्थित नेपाली सेना र नेपाल प्रहरी तथा उपभोक्ताहरु सहभागी थिए ।

कार्यक्रममा म्याङलुङ्ग नगरपालिकाका मेयर सन्जयकुमार तुम्बाहाम्फे, प्रमुख जिल्ला अधिकारी वेदनिधि खनाल, प्रहरी प्रमुख डिएसपी राजन भुजेल, जिल्ला बन अधिकृत देवीचन्द्र पोखरेल, जिल्ला शिक्षा अधिकारी कृष्णप्रसाद पोखरेल सहित कार्यालय प्रमुख तथा प्रतिनिधिहरु र सरोकारवाला सहभागी थिए । सहभागीले बन जंगलमा हुने डढेलो नियन्त्रणका लागि कृत्रिम अभ्यास गरेका छन् ।

सो अवसरमा हिउँदयाममा बन जंगलमा लाग्ने डढेलो लाग्न नदिन सबैलाई सचेत रहन आग्रह गरिएको छ । नगर प्रमुख सन्जय तुम्बाहाम्फे, प्रमुख जिल्ला अधिकारी वेदनिधि खनाल, सामुदायिक बन उपभोक्ता महासंघका जिल्ला अध्यक्ष तुलसी संग्रौला लगायतले आगलागीबाट बच्न पुर्वसचेतना अपनाउन आग्रह गर्नुभयो ।

तपाईको प्रतिक्रिया