तेह्रथुम ।  गाउँपालिकाको केन्द्रको विषयमा विवाद गरिरहेका जनप्रतिनिधिहरु अार्थिक वर्ष सकिन लाग्दा बल्ल गाउँसभाको तयारीमा लागेका छन् ।  तेह्रथुमको मेन्छ्यायेम गाउँपालिकाले गाउँ सभाको तयारी थालेको छ । गाउँपालिकाको केन्द्र कहाँ राख्ने भन्ने विषयमा जनप्रतिनिधि बीचमै विवाद भएपछि यत्तिका समयसम्म गाउँसभा नगरेको गाउँपालिकाले बल्ल गाउँ सभाको तयारी थालेको हो ।

अहिले नीति तथा कार्यक्रम, बजेट र योजना तर्जुमाको काम तीब्र गतिमा भइरहेको गाउँपलिकाका प्रवक्ता वडा नं. ६ का वडाध्यक्ष प्रदीप बुढाथोकीले बताउनुभयो । केन्द्र कहाँ राख्ने भन्ने विषयको विवादलाई स्थगन गर्दै गाउँ सभा गर्ने तयारी भएको उहाँले बताउनुभयो । गाउँपालिकाको भवन निर्माणका लागि सरकारले बजेट विनियोजन गरेपछि मात्रै केन्द्र तोक्ने र भवन निर्माण गर्ने गरी सो विषय तत्कालका लागि स्थगन गरिएको उहाँको भनाइ छ ।

गाउँपालिकाले तत्काल सम्पन्न गर्न सकिने योजनाहरुलाई प्राथमिकतामा राखेर योजना निर्माण गरिएको प्रवक्ता बुढाथोकीले बताउनुभयो । गाउँ सभाको मिति भने तय भइसकेको छैन ।

तपाईको प्रतिक्रिया