तेह्रथुम । आफ्नो स्वर्गीय छोराको स्मृतिमा तेह्रथुमको म्याङलुङ्ग नगरपालिका–७ का खड्गबहादुर र उमादेवी श्रेष्ठले विश्राम स्थल निर्माण गरिदिनुभएको छ । म्याङलुङ्ग नगरपालिका–६ स्थित जिरिखिम्तीबजार बसपार्कमा यात्रुहरुलाई सहज हुने गरी पुष्पस्मृत विश्राम स्थल तथा प्रतिक्षालय निर्माण गरिदिनुभएको हो ।
सो विश्राम स्थल मंगलबार समुदायलाई हस्तान्तरण गरिएको छ । श्रेष्ठ दम्पत्तीको ५ लाख ५१ हजार रुपैयाँ लगानीमा निर्माण गरेको दुई तले उक्त प्रतिक्षालय नगर प्रमुख सन्जयकुमार तुम्बाहाम्फे र प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले उद्घाटन गर्नुभयो ।
२०४७ साल असार १५ गते जन्मिएका पुष्पकुमार श्रेष्ठको २०७३ साल मंसिर १५ गते सुनसरी इटहरीको सेउती खोला नजिकै मोटर साइकल दुर्घटनामा परी मृत्यु भएको थियो ।