तेह्रथुम । लालीगुराँस नगरपालिका–२, वसन्तपुरमा सन नेपाल लाइफ ईन्स्युरेन्सको १६ औँ शाखा विस्तार भएको छ । मध्यपहाडी लोकमार्ग अन्तर्गत निर्माण भइरहेका दश नमुना शहरमध्येको एक बसन्तपुरमा शाखा खोल्ने सन नेपाल लाइफ नै पहिलो इन्स्युरेन्स कम्पनी हो ।

बीमा कम्पनी आवश्यक रहेको र स्थानीयबासीको मागमै आधारित रहेर शाखा विस्तार गरिएको कम्पनीका महाप्रबन्धक कमलराज गौतमले बताउनुभयो । अधिकृत पुँजी २ सय करोड रहेको कम्पनीले ४ वटा जीवन बिमा योजना, सावधिक सनलाइफ, नवीन जीवन बिमा, सार्थक जीवन बिमा तथा भाग्योदय जीवन बिमा संचालनमा ल्याएको छ । कम्पनीको कर्पोरेट अफिस काठमाडौंको कमलादीमा रहेको छ । कम्पनीले आगामी दिनमा थुप्रै योजना ल्याउने महाप्रबन्धक गौतमले बताउनुभयो ।

कम्पनीको ब्राण्ड एम्बेसडरको रुपमा रहेका हाँस्य कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ ले जीवनमा बीमाको महत्व अमुल्य भएको बताउनुभयो । उहाँले सो कार्यक्रममा आफुले गरिरहेका काम र नमुना नेपाल अभियानको विषयमा पनि जानकारी गराउनुभयो । उहाँले नेपालीहरुकै पैसाले नमुना नेपाल निर्माण हुने समेत जिकिर गर्नुभयो । करिब छ अर्ब रुपैयाँ लागतमा ललितपुरको लेलेमा नमुना नेपाल बनाउने अभियान सुरु भएको उहाँले बताउनुभयो ।

सो अभियानमा साथ दिएर हरेक नेपालीले मात्रै दुई सय रुपैयाँ सहयोग गरे पुग्ने उहाँको भनाइ थियो । एकै स्थानमा हिमाल, पहाड, तराई सहित विभिन्न धर्म, संस्कृति र जातजाति झल्कने वस्ती सहितको नमुना नेपाल निर्माणको काम आफुले अघि धुर्मुसको भनाइ थियो ।

तपाईको प्रतिक्रिया