तेह्रथुम । फेदाप गाउँपालिकाले अन्तरास्ट्रिय महिला दिवस विभिन्न कार्यक्रम गरी मनाउने भएको छ । गाउँ कार्यपालिकाको हिजो बसेको बैठकले आर्थिक सशक्तिकरण सहितको सामाजिक जागरण ः ग्रामीण तथा शहरी महिलाको जीवनस्तरमा रुपान्तरण भन्ने नाराका साथ दिवस मनाउने निर्णय गरेको हो ।

अन्तराष्ट्रिय महिला दिवस मार्च ८ अर्थात् यही फागुन २४ गते मनाइदैछ । उक्त दिन विहान १० बजे प्रभातफेरी निकालिनेछ । गाउँपालिकामा भेला भई सचेतनामुलक व्यानर र प्ले–कार्डसहितको ¥यालीले बजार परिक्रमा गरी जनज्योति माविमा पुगेर दिउँसो ११ बजेबाट नृत्य र वक्तृत्वकला प्रतियोगिता सन्चालन हुने निर्णय भएको गाउँपालिकाका प्रमुख प्रशाशकीय अधिकृत सुमन लिङ्देनले जानकारी दिनुभयो ।

सो कार्यक्रममा गाउँपालिकाबासीलाई सक्रिय सहभागिताका लागि आग्रह गरिएको गाउँपालिकाले जनाएको छ ।

तपाईको प्रतिक्रिया